२०८३ वैशाख ६, आइतबार
११:४७:३३ राति
- ADVERTISEMENT -

प्रदेश नं ४ को नाम गण्डकी ।

प्रकाशित मिति: २०७५ असार २०, बुधबार

1754
Shares

असार २०, पोखरा । प्रदेश ४ को नाम गण्डकी रहने करिब पक्का भएको छ । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बुधबार बसेको बैठकले प्रदेशको नाम ‘गण्डकी’ राख्ने निर्णय गरेको हो

नेकपाले नामको टुंगो नलगाउँदा मंगलबारको बैठक नै स्थगित भएको थियो । नामको टुंगो लगाउन नेकपा पटकपटक बैठक बसे पनि एक मत हुन सकेको थिएन । नेकपाले निर्णय गरेसँगै बिहीबार बस्ने संसद बैठकमा नाम बारे प्रतिवेदन छलफलका लागि पेश हुनेछ । छलफलपछि दुई तिहाई बहुमतले गण्डकी नाम पारित गर्ने पक्काजस्तै भएको छ ।

मंगलबार विशेष प्राविधिक कारण देखाउँदै सूचना टाँस गरेर २१ गते बिहीबार २ बजेसम्मका लागि बैठक स्थगित भएको थियो ।

नेकपाले निर्णय गरेसँगै नयाँशक्ति बाहेक सबै दलले गण्डकीको पक्षमा उभिएका छन् । ५९ जना सांसदको प्रतिनिधित्व गरेको संसदमा नयाँ शक्तिका २ जना सांसद छन् । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा गण्डकीकै पक्षमा छन् । नेकपाभित्र भने तमुवान-मगरात, गण्डकी-तमुवान वा गण्डकी भन्ने विषयमा दलभित्रै मत विभाजन थियो ।

नाम के राख्ने भन्ने बारेमा पार्टीभित्रै फरक मत भएकाले बैठकमा नामांकनबारे मंगलबारको बैठकबाट पनि टुंगो लाग्न सकेको थिए । साविक एमालेका सबैजसो सांसदले प्रदेशको नाम गण्डकी हुनुपर्ने पक्षमा भए पनि साविक माओवादी तमुवान-मगरात वा गण्डकी तमुवान राख्ने बताइरहेका थिए । एमाले प्रदेश कमिटीले यसअघि नै प्रदेशको नाम गण्डकी राख्ने भनेर सुझाव दिएको थियो ।

साविक माओवादी केन्द्रका सांसदले भने आफूहरु तमुवान भनेर लड्दै आएका कारण त्यसैअनुसार प्रदेश नामांकन हुनुपर्ने बताउँदै आएको थियो । प्रदेशको राजधानी र नामांकनबारेको समितिले बुझाएको प्रतिवेदन प्रदेश सभामा १० असारमा टेबुल भइसकेको छ । प्रतिवेदनमा क्रमशः गण्डकी, तमुवान-मगराँत, गोरखा र धौलागिरि नााम राख्न सुझाव दिइएको छ ।

प्रदेशका एघारै जिल्ला पुगेर नाम र राजधानी बारे सुझाव संकलन गरी प्रदेश सभामा सुझाव समितिले प्रतिवेदन टेबल गरेको हो । बुधबारसम्म नामको टुंगो लागि सक्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98