काठमाडौं-   नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका उनी आज फर्कने भएका छन् ।

प्रचण्ड असार ३ गते पत्नी सीताको उपचारका लागि सिंगापुर गएका थिए । सीताको स्वास्थ्यमा सुधार आएपछि प्रचण्ड आज सीता लिएर फर्कन लागेका हुन् ।

वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले बतायो ।

चिकित्सकको सुझाव अनुसार सीताको उपचारको फ्लोअपका लागि प्रचण्ड सिंगापुरतर्फ गएका थिए ।

चिकित्सकले सिंगापुरको एमपी एलिजाबेथ अस्पतालमा एकपटक स्वास्थ्य परिक्षण गराउन सुझाव दिएका थिए ।

केही दिन सिंगापुरमा रहने भनिएपनि प्रचण्डको बसाई लम्बिएको थियो । यसअघि प्रचण्ड ८ असारमा फर्किने बताइएको थियो ।

यस अघि सीताको उपचार केही महिना अगाडि दिल्लीमा भएको थियो ।

छोरा प्रकाशको असमायिक निधन पछि सीताको स्वास्थ्यमा झन्–झन् समस्या आएको थियो ।

पछिल्लो समय सीताको आँखामा पनि समस्या देखिएको थियो ।कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि सिंगापुरमै उपचार गरिएको थियो । रातोपाटीवाट ,

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्