- ADVERTISEMENT -

प्रचण्ड विदेशमा, पार्टीभित्र ओलीले बनाए नयाँ गठबन्धन !

June 27, 2018
1962
Shares
- ADVERTISEMENT -

काठमाडौं, १३ असार । नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिवेला पत्नी सीता दाहालको उपचारको लागि थाईल्याण्डको बैंककमा व्यस्त छन् । उनको बैंकक बसाई अझै एक साता लम्बिने बुझिएको छ ।

स्रोतका अनुसार प्रचण्ड पत्नीको यतिवेला उपचारमा व्यापक सुधार आएको छ । हिजोमात्रै सीताले स्विमिङ् थेरापी गरेको तस्विर बाहिरिएको थियो । प्रचण्ड पत्नी सीताको उपचारमा एक साता उतै व्यस्त हुने मौकामा अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने पार्टीभित्र बरिष्ठ नेता माधव कुमार नेपाल र ईश्वर पोखरेल सम्मलित नयाँ गठबन्धन बनाएको स्रोतको दाबी छ ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्षद्धय ओली र प्रचण्ड देश बाहिर रहँदा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत नेता नेपाललाई सुम्पिएका थिए । अहिले ओली र नेपालबीच अत्यन्तै सुमधुर र घनिष्ठ सम्बन्ध रहेको बुझिएको छ ।

सम्बन्धित समाचार :

प्रचण्ड बैंककमा व्यस्त, पार्टीभित्र माधव नेपालको सक्रियता बढ्यो

ओली-प्रचण्डप्रति मन्त्री उपेन्द्र यादवको यस्तो विश्वास

तत्कालिन नेकपा माओवादी केन्द्रसँग एकता गर्नुपुर्व नै नेता pनेपाल ओली ‘क्याम्प’ भावी अध्यक्ष बन्ने महत्वाकांक्षी अभिलाषा बोकेर सिफ्ट भएका थिए । यसले बरिष्ठ नेता झलना खनाल र उपाध्यक्ष वामदेव गौतमलाई बरु आहात तुल्याएको थियो ।

हुन त अहिलेपनि नेता खनाल र गौतम बरिष्ठ नेता नेपालसँग रुष्ट छन् । पार्टी एकतापछिको मर्यादाक्रममा खनाललाई उछिनेर नेपाल अघि आएका थिए । यसले खनाललाई आक्रोशित तुल्याएको छ । यस विषयमा खनाल अहिलेपनि सार्वजनिक रुपमै आक्रोश पोखिरहेका छन् ।

स्रोतका अनुसार प्रधानन्त्री ओलीले सरकार गठन भएको तीन महिना बितिसक्दापनि जनतामा सरकारका मन्त्रीहरुको पफर्मेन्स सन्तोषजनक नरहेको गुनासो आएपछि सरकार सञ्चालनमा समेत आफू, नेता नेपाल र वर्तमान उपप्रधान् एवम रक्षामन्त्री ईश्वर पोखरेल बसेर गम्भिर समिक्षा तथा छलफल गर्ने तयारी गरेका छन् ।

सरकार सञ्चालनबारे वर्तमान मन्त्रीहरुको भूमिका र कार्यशैलीप्रति ओली व्यापक रुपमा असन्तुष्ट छन् । त्यस्तै प्रधानमन्त्री ओलीले हालै मित्रराष्ट्र भारत र चीनको भ्रमण सम्पन्न भएकोले अब नयाँ किसिमले कसरी अघि बढ्ने भन्नेबारेपनि नेता नेपाल र पोखरेलसँग बसेर समिक्षा तथा भावी योजना बनाउने तयारी थालेका छन् ।

पार्टीको आगामी एकीकृत महाधिवेशनबाट नेकपाले नयाँ नेतृत्व पाउने बुझिएको छ । अध्यक्ष ओलीको रणनीति माधव नेपाललाई अध्यक्षमा अघि सार्ने रहेको छ ।

एमाले र माओवादी केन्द्र दुवै फरक फरक पृष्ठभूमीबाट आएका पार्टी भएकाले अहिले नेकपाका कार्यकर्ता तथा नेताहरुबीच आधिकारिक रुपमा मन मिल्न सकेको छैन । गाउँदेखि केन्द्रसम्म मन मिलाउन सकेका छैनन् । त्यसैले आगामी महाधिवेशनसम्मको यात्रामा प्रचण्डलाई कमजोर तुल्याउनेगरि ओलीले नेता नेपालसँगको साँठगाँठलाई झनै तिव्रता दिएका छन् ।

अहिले ओलीसँग नेता नेपालको हिमचिममात्रै होईन पार्टीको नेतृत्वमा पुग्नेसम्मको बारेमा ‘स्ट्राटेजिक डिबेट’ पनि बाक्लिएको नेकपा निकट उच्च स्रोतको दाबी छ ।रिपोर्टसनेपालवाट ,

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -