- ADVERTISEMENT -

आफूमाथि झुठो आरोप लगाईएको भन्दै श्रीनिवासाचार्यद्वारा राष्ट्रिय छानविन आयोग गठन गर्न माग

June 26, 2018
1856
Shares
- ADVERTISEMENT -

काठमाडौं आषाढ़ १२- करिव दुई महिना पहिला मोरङको विराटनगरमा गोली लागेका यूवा सन्त श्री श्रीनिवासाचार्यले आफूमाथि झुटो आरोप लगाईएको भन्दै राष्ट्रिय छानविन आयोग गठन गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गरेर जिल्ला अदालत मोरङले सामान्य तारेकमा रिहा गरेको जानकारी गराउँदै श्रीनिवासाचार्यले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै दोषीलाई कारबाही  गर्न माग गरेका हुन् ।

असार ८ गते जिल्ला अदालत मोरङले श्रीनिवासाचार्यको बारेमा झिकाईएका मिसिलहरुको सुनुवाई गर्दै सामान्य तारेकमा रिहा भएका आचार्यले पत्रकारहरुलाई पात्रकार नबन्न समेत आग्रह गरेका छन् ।  उनले भने,‘पत्रकार समाजको आँखा हो, त्यो आँखामा छारो परेको खण्डमा राम्ररी देख्न सकिँदैन्, सत्य सूचना समाजका बीचमा जानबाट बञ्चित हुन्छ, मेरो बारेमा जान्नको लागि पत्रकारले जुन भूमिका खेल्नुपर्ने थियो हुन सकेन, मैले सरकारबाट न्याय पाउन सकिँन, उल्टै मेरा शुभचिन्तक र अंगरक्षकलाई चरम यातना दिएर बलजफ्ती औंठा छाप लगाउने काम गरियो, झुटको खेती गरेर अपराधीलाई उन्मुक्ति दिने काम गरियो, यसको भित्री कारण खोज्नको लागि कोही तयार भएन, मलाई यस कुराले दुःखित् बनायो ।’

- ADVERTISEMENT -

Advertisement

आफूलाई गोली लाग्दा लाखौंले थाहा पाउनेगरि समाचार बनेको उल्लेख गर्दै उनले भने,‘तर दुःखको कुरा मलाई नै कुनै कुरा बोल्न नदिएर एकतर्फी पत्रकार सम्मेलन गरेर आफूले आफूमाथि गोली प्रहार गर्न लगाएको हो भन्ने समाचार विश्वले थाहा पाउने गरि प्रकाशित भए, सत्य जानेर समाचार लेखिएन, मनगढन्ते र अरुका कुराहरु सुनेर समाचारहरु प्रकाशित भए ।’

त्यस्तै कार्यक्रममा स्वामी पद्यमधर आचार्यले पत्रकार देशको आँखा भएकाले समाचार सम्प्रेषणमा ध्यान दिनको लागि आग्रह गरेका छन् । उनले भने,‘पत्रकार देशको आँखा हो, समाजको ऐना हो, पत्रकारहरुको एउटा शब्दले देश चलेको हुन्छ, पत्रकारितालाई हल्का रुपमा कसैले लिनु हुँदैन,पत्रकारले पात्रकार हुँनुहुँदैन, धर्म रहेको खण्डमा देश रहन्छ, धर्म सापेक्ष हुन्छ, धर्म निरपेक्ष हुँदैन, पत्रकारले देश बनाउने र जोगाउने काम गर्नुपर्छ, हामीले जीवन भर मुलुकलाई आफ्नो पहिचान र स्वाभिमानयूक्त बनाउनु पर्छ भन्दै आयौं म ८० वर्षको भए, मैले आजपनि भनिरहेको छु अहिलेका नेताहरुले देश बचाउन सक्दैनन्।’

एकीकृत राप्रपा ‘राष्ट्रवादी’का सह–महामन्त्री एवम् प्रदेश नम्बर १ का संयोजक दीपेन्द्र भण्डारीले यूवा सन्त श्रीनिवासाचार्र्यको चरित्र हत्या गर्ने उद्देश्यले फसाउन खोजिएको आरोप लगाएका छन् ।  उनले भने,‘ श्रीनिवासाचार्य माथि राज्यले जुन प्रकारको व्यबहार गर्यो त्यो निन्दनिय छ, दोषिलाई उन्मुक्ति दिएर फसाउने उद्देश्यले बलजफ्ति औठा छाप गर्न लगाईएको छ, अदालतले जुन निर्णय गर्यो हामीले स्वागत गरेका छौं, उहाँमाथि लागेको आरोपका बारेमा सरकारले उच्च स्तरिय छानविन आयोग गठन गरोस्, सत्य बाहीर आओस्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -