काठमाडौं आषाढ़ १२-प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको चीन भ्रमणवारे संसदलाई जानकारी गराउने भएका छन् ।

आज विहान ११ बजे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नेछन् ।

जेठ ५ देखि १० गतेसम्म प्रधानमन्त्री ओलीले चीनको भ्रमण गरेका थिए ।

सो क्रममा विभिन्न सम्झौत पनि भएका थिए ।

विसं २०७२ मा भएको व्यापार र पारवहन सम्झौताका आधारमा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच गे्रट हल अफ द पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायत १४ विषयमा सम्झौता भएको थियो ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा केरुङ्ग–काठमाडौं रेलवे कनेक्टिभिटीमा सहकार्य, नेपालले कार्गो यातायताका लागि तिब्बतीयन राजमार्ग उपयोग गर्ने सम्बन्धी प्रोटोकल, तातोपानी र रसुवामा मितेरी पुल पुननिर्माण, उर्जा, आर्थिक, प्राविधिक लगायत विषयमा समझदारी भएको थियो ।

त्यसक्रममा राष्ट्रपति सीको उपस्थितिमा चिनियाँ निजी क्षेत्रसँग ९ र प्रधानमन्त्री लीसँग १४ बुँदे सहमति भएको थियो ।

प्रधानमन्त्रीको टोलीमा ओली पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठलगायत छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्