- ADVERTISEMENT -

जनरल ईन्स्योरेन्सले सुरु गर्‍यो नेपालमा कारोबार

June 21, 2018
1492
Shares
- ADVERTISEMENT -

काठमाडौँ । नेपाली बीमा बजारमा नयाँ कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बुधबारदेखि आफ्नो उपस्थिति जनाएको छ ।

कम्पनीले बीमा समितिबाट संचालनको अन्तिम स्वीकृति प्राप्त गरे पश्चात बुधबारदेखि कम्पनीको कर्पोरेट कार्यालय काठमाडौँ हात्तिसारबाट एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरेको छ । कम्पनीका अध्यक्ष कुनाल क्यालले कार्यालय उद्घाटन गरेसँगै कम्पनीको सेवा नेपालमा सुरु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

कम्पनीको कूल चुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्वसाधारणको रहने छ । यो कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ ।

नेपालको प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था तथा प्रतिष्ठित व्यापारिक घराना समेतको लगानी रहेको यस कम्पनीले छिट्टै सर्वसाधारणमा शेयर समेत जारी गर्ने योजना बनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -