काठमाडौं । विश्पकप फुटबलमा मंगलबार तीन खेल हुँदैछन् । मंगलबार पहिलो चरणका सबै खेल सकिने छन् र दोस्रो चरणको खेलल पनि सुरु हुनेछ ।
समुह एच को खेलमा कोलम्बियाले जापानसंग खेल्नेछ । यो खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।
त्यसैगरी ८ः४५ बजे पोल्याण्डले सेनेगल संग खेल्नेछ । सेनेगलले २००२को विश्वकपमा फ्रान्सलाइ हराएर सनसनी मच्चाएको थियो । 
यी खेलपछि पहिलो चरणको खेल सकिने छ । मंगलबार राति नै दोस्रो चरणको खेल सुरु हुनेछ ।
दोस्रो चरणको पहिलो खेल नेपाली समय अनुसार राति ११ः४५ बजे रुसले इजिप्टसंग खेल्नेछ । पहिलो खेलमा रुसले साउदी अरेबियालाई ५–० ले हराएको थियो भने इजिप्ट उरुग्वेसंग १–० ले पराजित भएको थियो ।
यो खेलमा विजयी हुँदा रुस अर्को चरणमा पुग्ने लगभग पक्का हुनेछ भने हारले इजिप्ट बाहिरिने पक्का जस्तै हुनेछ । 








































