२०८३ वैशाख ७, सोमबार
१२:०६:३८ राति
- ADVERTISEMENT -

उपेन्द्रको निधनमा पुरानो फोटोसहित बाबुरामले लेखे भावुक स्टाटस

प्रकाशित मिति: २०७५ असार ४, सोमबार

1698
Shares

काठमाडौं, ४ असार– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनमा  श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

भट्टराईको सहपाठी समेत रहेका देवकोटाको उपचारको क्रममा सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो ।

देवकोटाको  निधनप्रति भावुक हुँदै भट्टराईले सामाजिक सञ्जालमार्फत गोरखाको अमरज्योति हाइस्कुल र अस्कलमा ८ वर्ष सँगै बिताएको पलको स्मरण गरेका छन् ।

देवकोटासँग खिचाइएको तस्बिरसहित बाबुरामको फेसबुक स्टाटसमा भनिएको छ, ‘ भौतिक रूपमा अब तिमीसंग कहिल्यै भेट नभए पनि तिमीसंग एउटै कक्षामा अमरज्योति हाइस्कूल र अस्कलमा ८ बर्ष संगै विताएका दिनहरूको सम्झनाले आजीवन पछ्याइरहनेछन् ।तिमीजस्ता मेधावी सहपाठीको सान्निध्यप्रति हामी सधैं गौरवान्वित रहिरहनेछौं ।’

भट्टराईले देवकोटा एक बेजोड चिकित्सक भएको उल्लेख गर्दै अगाडि भनेका छन्, ‘तिमी आफै एक वेजोड चिकित्सक थियौस त्यसैले शायद आफ्ना अन्तिम दिनहरूका ठीकै आँकलन गरिरहेका थियौ ।  हामी खालि एउटा लेम्यान र तिम्रा सहपाठी भावनावश तिम्रो चीरायुको कामना गरिरहेथ्यौं ।  अन्ततस् तिमीले हामी सबैलाई छोडेर गयौ, प्रिय उपेन्द्र ।’

यस्तै भट्टराईले नेपाल आमाका सुयोग्य सपूत देवकोटाको  सम्झना नेपाली इतिहासले लामो समयसम्म गरिरहने पनि बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98