एजेन्सी । विश्वकपको उपाधि जित्न सक्ने प्रमुख दाबेदार टिमको रुपमा हेरिएको ब्राजिल पछिल्लो ४० वर्षमा पहिलो पटक विश्वकपको पहिलो खेलमा जित निकाल्न असफल भएको छ । विश्वकप फुटबलको विजेताको दावेदार मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले बराबरीमै रोकेको छ । आइतबार राति भएको खेलमा सुरुवाति अग्रता ब्राजिलले लिएपनि स्वीट्जरल्याण्डले गोल फर्काएको हो । खेलको २० औं मिनेटमा गोल गर्दै फिलिप काउटिन्होले अग्रता दिलाएपनि दोश्रो हाफमा स्वीट्जरल्याण्डले गोल फर्कायो ।
खेलको ५० औं मिनेटमा स्टेभन जुबरले गोल गर्दै १–१ को बराबरी गरेका हुन् । जाद्रन साकिरिको कर्नर प्रहारमा २६ वर्षिय मिडफिल्डर जुबरले गोल गरे । त्यसपछि दुबै टोलीले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेन र स्वीट्जरल्याण्डले अंक बाँड्न ब्राजिललाई बाध्य बनायो ।
विश्वकप विजेताका प्रमुख दाबेदार मानिएका टिमले जित निकाल्न सकेका छैनन् । यसअघि स्पेन, पोर्चुगल र अर्जेन्टिनाले पनि बराबरी खेलेका छन् भने साविक विजेता जर्मनी पराजित भएको छ ।
यी जीतसँगै स्वीट्जरल्याण्डले ब्राजिलसँग बराबरी गरेको छ । यी दुई टोली ९ पटक भिडेकोमा ३÷३ मा जी र ३ खेलमा बराबरी गरेका छन् । ५ पटकको विश्वविजेता ब्राजिल समूह चरणका पछिल्ला १२ खेलमा अपराजित थियो । यस पटक पनि नहारे पनि ब्राजिलले जीत भने दर्ता गर्न सकेन ।
स्वीट्जरल्याण्ड पनि पछिल्ला पाँच सहभागितामा आफ्नो पहिलो खेलमा अपराजित बन्यो । लगातार चौथो पटक विश्वकप खेलेको स्वीट्जरल्याण्डको यो ११ औँ विश्वकप यात्रा हो ।