- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

३९ घण्टापछि ४ जनाको जीवितै उद्धार

June 17, 2018
1354
Shares
- ADVERTISEMENT -

निर्माणाधीन चर्चित जलविद्युत आयोजना अरुण–३ को सुरुङ खन्ने क्रममा बेपत्ता भएका चार  जनाको जीवितै उद्धार ३९ घण्टा पछि गरिएको छ ।

संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा अरुण–३ को सुरुङ खन्ने क्रममा बेपत्ता भएका उनीहरुलाई आईतबार बिहान ११ बजे उद्धार गरिएको हो । ४ जनाकै जीवितै उद्धार भएपछि सबै जना खुशी भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

उद्धार गरिएकामा कालीकोट सिउना गाउँपालिका–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्डका ५५ वर्षीय बुधन मुण्डा र भारत विहारका ४५ बर्षीय नन्द किशोर रहेका थिए ।

गत शुक्रबार राति पौने ९ बजेको समयमा सुरुङ प्रवेशमार्गमा ढिस्को झरेपछि ढिस्कोले पुरिएर दुई जना नेपाली र दुई जना भारतीय कामदार बेपत्ता भएका उनीहरुको जिवितै उद्धार गरिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले बताए ।

- ADVERTISEMENT -

Advertisement

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com