- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

विश्वकपको दाबेदार मानिएको ब्राजिल आज स्विट्जरल्यान्डसंग भिड्दै

June 17, 2018
1576
Shares
- ADVERTISEMENT -

एजेन्सी । विश्वकपको सबैभन्दा बलियो दाबेदार मानिएको ब्राजिल आज  पहिलो खेलमा स्विट्जरल्यान्डसंग भिड्दै छ । रोस्टोभ एरिनामा खेलिने सो खेल नेपाली समयअनुसार ११.४५ बजे सुरु हुने छ ।

सन् २०१३ मा ब्राजिल र स्विट्जरल्यान्ड पछिल्लो पटक मैत्रीपूर्ण खेलमा भेट्दा स्विट्जरल्यान्ड १-० ले विजयी भएको थियो । तर, अहिले ब्राजिलको टोली निकै फरक र ज्यादै बलियो रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रशिक्षक टिटेले आफ्नो सुरुवाती ११ पनि सार्वजनिक गरिसकेका छन् । उनले अग्रपंक्तिमा विलियान, नेयमार र ग्याब्रियल जेससलाई खेलाउने छन् भने फिलिप कौटिन्हो मिडफिल्डमा सुरुवात गर्ने छन् । विश्वकप अघि घाइते भएका ड्यानी एल्भेसको स्थान ड्यानिलोले लिने छन् ।

ब्राजिलले हालै खेलिएको मैत्रीपूर्ण खेलमा अष्ट्रियालाई ३-० र क्रोएसियालाई २-० ले हराएको थियो । अर्को तर्फ, स्विट्जरल्यान्डको डिफेन्स पनि प्रतियोगितामा बलियो मध्ये एक रहेको छ । उसले आफ्नो पछिल्ला मैत्रीपूर्ण खेलमा जापानलाई २-० ले हराएको थियो भने स्पेनसंग १-१ ले रोकिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो विश्वकपमा जर्मनीसंग सेमिफाइनलमा ७-१ ले पराजित ब्राजिल यस प्रतियोगितामा आक्रामक रणनीति अंगाल्ने छ र विश्वकप जित्ने अभियान बोकेको उसलाई स्विट्जरल्यान्डको बलियो डिफेन्स चुनौति पनि हुन सक्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -