- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

विश्वकपमा क्रोएसिया उपहार गोलको मदतले विजयी

June 17, 2018
1337
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एजेन्सी । क्रोएसियाले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह डी अन्तर्गत शनिबार राति भएको खेलमा क्रोएसियाले नाइजेरियामाथि २–० को जित निकालेको हो ।

तुलनात्मक रुपमा कमजोर देखिएको खेलमा पहिलो हाफमा क्रोएसियाले उपहार गोल पायो । ३२ औँ मिनेटमा नाइजेरियाका इटेबोले क्रोएसियाका खेलाडीको कर्नर जोगाउन खोज्दा आत्मघाती गोल गरे ।

- ADVERTISEMENT -

Advertisement

उपहार गोलबाट पहिलो खेलमा १–० को अग्रता लिएको क्रोएसियाले दोस्रो हाफमा पेनाल्टी पायो । ७१ औँ मिनेटमा पाएको पेनाल्टीमा लुका मोड्रिकले गोल गर्दै क्रोएसियालाई २–० को जित दिलाए ।

नाइजेरियाले क्रोएसियासँगको खेलमा केही आक्रामक खेलेको थियो । तर उसले गोल भने गर्न सकेन । यो जितले क्रोएसिया समूह डी को शीर्ष स्थानमा रह्यो । त्यसअघि भएको खेलमा आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्यो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com