Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३१:४५ बिहान
- ADVERTISEMENT -

विश्वकपमा अाज बहुप्रतीक्षित खेल: पोर्चुगल र स्पेनबीच भिडन्त हुँदै

प्रकाशित मिति: २०७५ असार १, शुक्रबार

1748
Shares

विश्वकप फुटबलअन्तर्गत अाज शुक्रबार पोर्चुगल र स्पेनबीच बहुप्रतीक्षित भिडन्त हुँदै छ । उपाधि दाबेदार मानिएको स्पेन र पोर्चुगलबीचको प्रतिस्पर्धालाई क्रिस्टियानो रोनाल्डोविरुद्ध सर्जिओ रामोसको भिडन्तका रूपमा समेत हेरिएको छ । जबकि दुवै स्टार खेलाडी रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् ।

मैत्रीपूर्ण खेलमा पोर्चुगलको प्रदर्शन औसत रहे पनि युरो च्याम्पियन पोर्चुगललाई पहिलोपटक विश्वकप जित्नुपर्ने चुनौती रहँदा २०१० पछि दोस्रोपटक स्पेन उपाधि यात्रामा छ । तर, विश्वकप सुरु हुन एक दिनअघि मात्र प्रशिक्षकलाई बर्खास्त गरेको स्पेनको रणनीति कस्तो हुने भन्ने अन्योलता रहने सम्भावना बलियो छ ।

रोनाल्डोविरुद्ध रामोस
क्रिस्टियानो रोनाल्डो र रामोस रियल म्याड्रिडमा रहँदा निकै नजिकका मित्रहरू हुन् । तर, शुक्रबार मध्यरातको ९० मिनेट एक अर्काविरुद्ध देशका लागि प्रतिस्पर्धा गर्दै छन् । ट्याकलका लागि निकै माहिर मानिने रामोसले रोनाल्डोलाई कसरी रोक्लान् भन्ने चासो सर्वाधिक बढी छ । त्यस्तै, रोनाल्डोले पनि रामोसलाई चिर्दै गोल गर्नु कम चुनौतीपूर्ण हुनेछैन ।

रियल स्टार रोनाल्डोले स्पेनविरुद्ध गोल गर्न नसकेकाले उनीमाथि थप मानसिक दबाब छ । करिअरका दुई ठूला प्रतियोगिताहरू विश्वकप २०१० र युरो २०१२ मा आमनेसामने भएका पोर्चुगल र स्पेन दुवैका लागि जारी विश्वकपको पहिलो खेल नै अर्थपूर्ण हुनेछ ।

युरो जितेसँगै विश्वकप चुनौती बढ्यो
अहिलेको फुटबल पुस्तामा चर्चित रहेका रोनाल्डोले आफ्नो उत्कृष्ट करिअरमा टिमलाई युरोकप २०१६ दिलाएपछि उनीमाथि पोर्चुगलले ठूलो आशा गरेको छ । विश्व फुटबलमा उपाधिविहीन रहेको पोर्चुगल अहिले रोनाल्डोकै बलमा स्वर्णिम युगमा छ । अझ रोनाल्डोको राम्रो फर्मले विश्वकप अभियानमा सफलता पाउनुपर्ने चुनौती पोर्चुगललाई छ । तर, पहिलो खेल नै उसको अघिल्लो चरणको यात्राका लागि सुरुवाती कदम हुने भएकाले उद्घाटन खेलमा नै जित निकाल्नु पहिलो चुनौती हो ।

फर्नान्डोलाई चुनौती
अप्रत्यासित रूपमा स्पेनको राष्ट्रिय टिम सम्हाल्न आइपुगेका फर्नान्डो हिरोरलाई टिमलाई छोटो समयमा नै बुझ्दै विश्वकप च्याम्पियन बनाउनु आफैँमा चुनौतीपूर्ण छ । विश्वकप सुरु हुनुभन्दा एक दिनअघि मात्र राष्ट्रिय टिममा अनुबन्धन भएका हिरोरलाई चुनौतीसँगै सम्भावना भएका प्रशिक्षकका रूपमा हेरिएको छ । पूर्व रियल म्याड्रिड कप्तानसमेत रहेका हिरोरले जुलेन लोपेटेगुइको प्रतिस्थापन कसरी गर्छन् यो भने पहिलो खेलले नै केही हदसम्म निर्णय गर्नेछ । नयाँपत्रिका

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -