- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

विश्व फुटबल महामेलाको उद्घाटन खेलमा आयोजक रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५- ० ले पराजित

June 15, 2018
1297
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१ असार, काठमााडौं । विश्व फुटबल महामेलाको  उद्घाटन खेलमा साउदी अरेबियालाई ५-0 को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ । घरेलु मैदानमा घरेलु समर्थकको साथ पाएको रुस साउदी अरेबियामाथि हावी भएको थियो ।

नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १/१ गोल गरे ।

- ADVERTISEMENT -

Advertisement

रसियाले खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा रसियाले २- ० को अग्रता लियो ।

७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २ गोल खेलको इन्जुरी समयमा भयो । इन्जरी समयको पहिलो मिनेटमा नै चेरसेबले गोल गरे भने खेल सकिने केही सेकेण्ड अगाडि गोलोविनले गोल गरे ।

- ADVERTISEMENT -

Advertisement

साउदी अरेबियालाई निर्धारित समयसम्ममा ५-0 को फराकिलो अन्तरले हरायो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com