नेपाली कांग्रेस आबद्ध नेपाल ट्रेड युनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशन लम्बिने भएको छ । महाधिवेशन प्रतिनिधि विवादका कारण बुधबार सुरु हुने भनिएको बन्दसत्र सुरु हुन नसकेपछि महाधिवेशन लम्बिने भएको हो । महाधिवेशनको मंगलबार उद्घाटन भएको थियो ।

होटल क्षेत्रका प्रतिनिधिका विषयमा विवाद हुँदा महाधिवेशनको बन्दसत्र सुरु हुन नसकेको प्रतिनिधिहरुले बताएका हुन । तर वर्तमान महासचिव महेन्द्र यादवले भने सबै विवादको टुंगो लागिसकेको र बुधबार समय अपुग भएका कारण बिहिबार विहानबाट बन्दसत्र सुरु हुने बताए ।

पौडेल र सिटौला समूह मिलेका कारण ट्रेड युनियन कांग्रेसको महाधिवेशन आफ्नो उम्मेदवार हा्ने भएका कारण महाधिवेशन लम्बिने स्राेतको भनाइ छ ।

बन्द सत्र नै लम्बिए पछि महाधिवेशनका लागि तोकिएको २९, ३० र ३१ गतेको मिति र समय तालिका प्रभावित हुने भएको छ । जारी महाधिवेशनमा देशभरबाट १ हजार ३ सय ५० प्रतिनिधि सहभागी भउका छन ।

जारी महाधिवेशनले ट्रेड युनियन काँग्रेसको नयाँ कार्यदिशा सहित नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्वका लागि वर्तमान संस्थापन पक्षका तर्फबाट वर्तमान सभापति खिलानाथ दाहाल र पौडेल र सिटौलासमूहबाट कांग्रेस पूर्व सांसद समेत रहिसकेका पुष्कर आचार्य चुनावी मैदानमा छन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्