- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

विश्व फुटबलको महामेला आजदेखि : ३२ देश, ६४ खेल, १२ रंगशाला र ७३६ खेलाडी सहभागी हुने

June 14, 2018
1563
Shares
- ADVERTISEMENT -

काठमाडौँ – विश्व फुटबलको महामेला विश्वकप फुटबल २०१८ बिहीबारदेखि रुसमा सुरु हुँदैछ । हरेक चारमा वर्ष हुने प्रतियोगिताले अर्को चार वर्षका लागि विश्व विजेताको छनौट गर्नेछ । विश्वकपका लागि सबै तयारी पूरा भएको आयोजक रुसले जनाएको छ । रुसको राजधानी मस्कोमा औपचारिक उद्घाटन समारोहपछि यो विश्वकपको पहिलो खेलमा आयोजक रुस र साउदी अरेबियाबिच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजेपछि सुरु हुनेछ ।

फिफा वरियता अनुसार विश्वकपमा सहभागि रसिया सबैभन्दा कमजोर मुलुक हो। तर आयोजक र समर्थकका हिसाबले रसिया फाइदामा रहनेछ। रसिया फिफा वरियतामा ७० औँ स्थानमा छ भने साउदी अरेबिया ६७ औँ स्थानमा छ।

- ADVERTISEMENT -

Advertisement

सन् २००८ मा युरोपियन च्याम्पियनसिपको सेमिफाइनलसम्मको यात्रा नै रसियाको फुटबलमा अहिलेसम्मको उपलब्धि हो। रसिया आयोजक राष्ट्रका हैसियतमा मात्र विश्वकप फुटबलमा छनौट भएको हो।

साउदी अरेबिया भने यसअघि सन् १९९४ र सन् २००६ को विश्वकपमा समेत सहभागि भैसकेको छ।

- ADVERTISEMENT -

Advertisement

विश्वकप फुटबलमा यसपटक ३२ राष्ट्रले सहभागिता जनाउँदैछन्। एक महिनासम्म चल्ने विश्वकप फुटबलमा ६४ खेल हुनेछन्। रसियाले ११ सहरका १२ वटा मैदानलाई विश्वकप फुटबलका लागि तयार गरिसकेको छ। प्रतियोगितामा सहभागि हुन अधिकाशं देशका खेलाडी रसिया पुगिसकेका छन्।

यसपटकको विश्वकपको प्रबल दाबेदारो रुपमा ब्राजिल, स्पेन र फ्रान्सलाई हेरिएको छ। विश्वकप फुटबलको २१औं संस्करण जितेको जर्मनीले फिफा वरियताको शीर्ष स्थानमै रहेर यो विश्वकप पनि सुरू गर्दैछ। अर्जेन्टिना लियोनेल मेसी र युरोपियन च्याम्पियन पोर्चुगल क्रिस्टियानो रोनाल्डोका भरमा प्रतियोगिता जित्ने आशा बोकेर रूस पुगेका छन्।

प्रतियोगितामा एसियाका पाँच, अफ्रिकाका पाँच, उत्तर अमेरिकाका तीन, दक्षिण अमेरिकाका पाँच र युरोपका चौध राष्ट्र सहभागि हुदैँछन्। विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन्। त्यस्तै उपविजेताले २८ मिलिनय डलर पाउनेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com