२०८३ वैशाख ८, मंगलबार
४:५१:१२ दिउँसो
- ADVERTISEMENT -

किम पुगे सिङ्गापुर, ट्रम्प अाउदै

प्रकाशित मिति: २०७५ जेठ २७, आइतबार

2129
Shares

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुगेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प आइतबार नै अबेर पुग्ने कार्यक्रम छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको जी सेभेन समूहको बैठकका लागि शनिबार नै क्यानाडा पुगेका छन्। उनी त्यतैबाट सिङ्गापुर जाने तयारीमा छन्।

राष्ट्रपति ट्रम्पले आफूत्यतैबाट सिङ्गापुर जाने कार्यक्रम रहेको यसअघि नै बताइसकेका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ अर्थात् आगामी मंगलबार सिङ्गापुरमा भेटवार्ता हुँदैछ। अहिले त्यसको तयारीमा दुवै देश जुटेको बताइएको छ।

सिङ्गापुर सरकारले पनि यस वार्ताको अन्तिम तयारी सकिएको जानकारी दिइसकेको छ। उत्तर कोरियाले आफूले उक्त वार्ताका लागि सबै तयारी पूरा गरेको जानकारी दिएको छ।

उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले दिएको जानकारीअनुसार त्यहाँका नेता किम आइतबार सिङ्गापुर प्रस्थान गर्दै छन्।

सिङ्गापुर पुगेका किमले यहाँका राष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्।ट्रम्प र किमबीचको वार्ताले कोरियाली प्रायद्धीप शान्ति स्थापना गर्ने र यसको विश्वमा नै सकारात्मक प्रभाव पार्ने विश्लेषणहरु आएका छन्।

उक्त शिखर वार्ताको समाचार संकलनका लागि विश्वका कैयौँ देशका पत्रकारहरु सिङ्गापुर पुगिसकेका छन्। सबैभन्दा धेरै अमेरिकी पत्रकार रहेको बताइएको छ।

यस वार्तालाई विश्वमा नै बडो महत्वका साथ हेरिएको छ। कोरियाको विभाजनपछिको दुई कोरिया र अमेरिका कोरिया सम्बन्ध विकासमा सहयोग पुग्ने बताइएको छ।

गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भयो। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको सो भेटवार्तापछि मङ्गलबारको शिखर वार्ताको वातावरण बनेको थियो।

सो वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भयो। यसैले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्ग प्रशस्त गरेको बताइएको छ।

आणविक अस्त्र उत्पादन गर्न नपाइने र परीक्षणस्थल भत्काउनुपर्ने शर्त अमेरिकाले राखेको र ती शर्त पूरा गरेपछि सिङ्गापुर वार्ताको वातावरण सकारात्मक रुपमा निर्माण भएको अमेरिकीहरुको भनाइ छ। कान्तिपुर

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81