धनगढी, २५ जेठः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तरघात गर्नेहरूलाई कारबाही गरेर पार्टीको संगठनलाई पहिलेको अवस्थामा नपुर्याएसम्म विश्राम नलिने बताउनुभएको छ ।नेपाली कांग्रेस कैलालीको आज यहाँ प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले चुनावमा पार्टीभित्रैबाट अन्तरघात भएकै कारण गएको निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भन्दै अन्तरघातीलाई कुनै पनि हालतमा छुट नदिने स्पष्ट पार्नुभयो ।सभापति देउवाले देशमा जवरजस्ती आफ्ना विचार लादेर सर्वसत्तावाद ल्याउने प्रयास भइरहेको भन्दै कांग्रेसले प्रजातन्त्र कुनै पनि हालतमा कमजोर हुन नदिने बताउनुभयो ।विगतमा आफूले धनगढीको गौरीफन्टा नाकाको स्तरोन्नतिको पहल गरेपनि ओली सरकार भारतसँग लम्पसारवादमा गएको आरोप लगाउँदै उहाँले भन्नुभयो, “गौरीफन्टा नाका बन्द गर्ने षडयन्त्र भइरहेको छ, यो षड्यन्त्रलाई सफल हुन दिने छैन ।”कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यद्वय रमेश लेखक र ईश्वरी न्यौपानेले मुलुकमा सर्वसत्तावाद र अधिनायकवादको खतरा रहेकाले कांग्रेसका नेता कार्यकर्ताले सचेत भएर पार्टी संगठनमा लाग्नुपर्ने बताउनुभयो ।कार्यक्रममा पार्टीका जिल्ला सभापति नरनारायण शाह, नेताहरू रामजनम चौधरी मोहनसिं राठौर, डा रणबहादुर रावल, भरतवहादुर खड्का लगायतले पार्टीभित्र अन्तरघातको रोग हटाउनुपर्नेमा जोड दिनुभयो । दुई दिने सम्मेलनमा जिल्लाभरका एक हजार नेता कार्यकर्ता सहभागी छन् ।
अन्तरघात गरेर चुनाव हराउनेलाई कारबाही हुन्छः सभापति देउवा
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.98
150.58

European Euro
1
165.11
165.77

UK Pound Sterling
1
197.78
198.57

Swiss Franc
1
178.47
179.19

Australian Dollar
1
101.27
101.68

Canadian Dollar
1
104.99
105.41

Singapore Dollar
1
116.34
116.81

Japanese Yen
10
9.40
9.44

Chinese Yuan
1
22.50
22.59

Saudi Arabian Riyal
1
39.96
40.12

Qatari Riyal
1
41.15
41.31

Thai Baht
1
4.42
4.44

UAE Dirham
1
40.84
41.00

Malaysian Ringgit
1
36.63
36.77

South Korean Won
100
11.24
11.28

Swedish Kroner
1
14.88
14.94

Danish Kroner
1
22.09
22.17

Hong Kong Dollar
1
19.12
19.19

Kuwaity Dinar
1
485.69
487.63

Bahrain Dinar
1
397.61
399.20

Omani Rial
1
389.54
391.10










