- ADVERTISEMENT -

नेबिसंघद्वारा पटकपटकको मुल्यवृद्विको बिरोध

June 8, 2018
1910
Shares
- ADVERTISEMENT -

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

सरकारले लगातार रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि मूल्यवृद्धि गरेपछि संघले आज उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, अस्कल क्याम्पस, सरस्वती क्याम्पस, मीनभवनलगायतका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदीको नेतृत्वमा भएको आन्दोलनमा शान्तिनगर गेटबाट नारासहित अगाडि बढी बानेश्वर क्याम्पस अगाडि आएर कोणसभामा परिणत भएको थियो ।

पटक/पटक पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुका भाउ आकासिएकाले जनजीविका अत्यन्तै कष्टकर भएको हुँदा मूल्यवृद्धि फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै नेविसंघले जेठ २६ मा सबै जिल्लामा मसाल जुलुस निकाल्ने, २७ गते देशभरिका सबै क्याम्पस अगाडि सरकारी तथा संस्थानका सवारी साधन गुड्न नदिने कार्यक्रम विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । लोकान्तर

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -