नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा ३ जनालाई मनोनित गरेका छन्।
सभापति देउवाले दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागाई (काभ्रे) र शीला शर्मा खड्का (दाङ्ग) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
त्यस्तै पूर्व सभामुख दमननाथ ढुंगाना सहित तीर्थराम डंगोल (काठमाडौँ) र हिरादत्त भट्ट (कैलाली)लाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेका हुन्।
१३ औं महाधिवेशन सकिएको दुइ वर्षपछि देउवाले केन्द्रीय समितिमा तीन जनालाई मनोनित गरेका हुन्। अझै एक जना मनोनित गर्न बाँकी छ। कांग्रेस विधानअनुसार सभापतिले २१ जनालाई केन्द्रीय समितिमा मनोनित गर्न पाउँछन्। सभापतिसहित निर्वाचित र मनोनित गरी कांग्रेसमा ८५ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्य हुन्छन्।
- ADVERTISEMENT -
बिहीबार कांग्रेसद्वारा जारी विज्ञप्तिमा ढुंगानालाई महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधिमा मनोनित गरिएको जनाइएको छ। लामो समयदेखि सक्रिय राजनीतिबाट टाढा रहेको ढुंगाना गत संसदीय निर्वाचनमा कांग्रेसले भक्तपुर २ बाटा संघीय सांसदको उम्मेदवार बनाएपछि अहिले महासमिति सदस्यमा मनोनित गरेको हो। पार्टी सभापति शेरबहादर देउवाले पार्टी विधानको धारा ४९ (१३) (क) र (ख) बमोजिम ढुंगानालाई मनोनित गरेका हुन्।