- ADVERTISEMENT -
- ADVERTISEMENT -

लाभकर व्यवस्था खारेज गर्न माग गर्दै लगानीकर्ताले बुधबार धितोपत्र बोर्ड घेराउ गरे, मोफसलमा पनि चर्कियो आन्दोलन

June 6, 2018
1725
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जेठ २३, काठमाडौं : शेयर लगानीकर्ताहरुको संयुक्त संर्घष समितिले आन्दोलनको कार्यक्रमहरुलाई थप सशक्त बनाउँदै लैजाने घोषणा गरेका छन् । सरकारले दादागिरि देखाए आफूहरुले पनि जंगबहादुर शैली अपनाएर आन्दोलनलाई निष्कर्षमा पुर्याउने लगानीकर्ताहरुले बताएका छन् । हकप्रद र बोनसमा प्रतिगामी कर प्रणाली लागू गरिएपछि आक्रोशित बनेका लगानीकर्ताले बुधबार बिहान धितोपत्र बोर्डको कार्यालयमा केही बेर धर्ना दिए ।

त्यसैगरि मोफसको विराटनगर र बुटवलका लगानीकर्ताले पनि सरकारले बढाएको पूँजीगत लाभकरको विरोध गरेका छन् ।आन्तरिक राजश्व विभागबाट जारी गरिएको पत्रमा हकप्रद र बोनस शेयरमा अग्रिम कर असुलीको निणर्य गरेपछि सोमबारदेखि लगानीकर्ता आन्दोलनमा उत्रिरहेका छन् । आन्दोलनलाई थप सशक्त बनाउन बुधबार तीनवटै लगानीकर्ता संघले संयुक्त रुपमा धितोपत्र बोर्ड घेराउ गरेकाछन् । लगानीकर्ताहरुले सोमबार पनि नेप्से तथा धितोपत्र बोर्ड घेराउ गरेका थिए ।

धर्ना र घेराउपछि कोण सभा गर्दै लगानीकर्ताका नेताहरुले सरकारले तत्काल निर्णय फिर्ता नगरे आन्दोलनलाई अझै चर्काउने उदघोष गरेका हुन् । ‘आन्दोलन जंगबहादुर शैलीमा अघि बढ्न सक्छ । त्यही भएर सरकारले बेलैमा माग पूरा गरोस भन्ने हाम्रो चाहना छ,’ उनीहरुले भने ।

निर्णय फिर्ता नभएसम्म कुनै पनि सेयर कारोबार नगर्न उनीहरुले आग्रह गरेका छन् । ब्रोकरहरुलाई पनि किनबेच नगराउन चेतावनी दिंदै जबर्जस्ती गरिए त्यसबाट उत्पन्न हुन सक्ने परिणामको भागिदार पनि उनीहरु नै हुनुपर्ने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -