२०८२ चैत २९, आइतबार
६:४९:५४ बेलुका
- ADVERTISEMENT -

राजनीतिक चुनौती सामना गर्न नसके कांग्रेसको इतिहास समाप्त हुन्छः प्रकाशमान.

प्रकाशित मिति: २०७५ जेठ १९, शनिबार

2477
Shares

काठमाडौं,जेठ १९।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान राजनीतिक चुनौतिलाई सामना गर्न नसके कांग्रेसको गौरवपूर्ण इतिहास समाप्त हुने चेतावनी दिएका छन् । कांग्रेसलाई जोगाइराख्न नेता, कार्यकर्ता सबैले मेहनत गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

काठमाडौं क्षेत्रनम्बर १ को क्षेत्रीय भेलालाई शनिबार बिहान सम्बोधन गर्दै नेता सिंहले भने, ‘अहिलेको चुनौतीलाई सामना गर्न सक्ने क्षमता छ भनेर यदि हामीले आम जनता र आम कार्यकर्ताहरुलाई इम्प्रेसन दिन सकेनौं भने हिस्ट्री जति राम्रो भए पनि यो पार्टी गर्ल्याम गुर्लुम्म जान्छ ।’मुलुकमा ठूला ठूला राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको दावी गर्दै उनले अब आर्थिक समृद्धिको अभियानको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने बताए । अहिले कांग्रेस र कम्यनिस्ट आमने सामनेको अवस्थामा रहेको बताउँदै उनले भने, ‘अहिलेको बजेटबाट पनि हामीले के देख्छौं भन्दाखेरि कम्युनिस्टहरु विस्तारै जनवादी केन्द्रियतामा जाने तरखरमा छन् । नजानिँदो किसिमले आफ्ना गतिविधिहरु सुरु गरिसकेका छन् ।’

कम्युनिस्टको सामना गर्नका लागि हरेक निर्वाचन क्षेत्रमा, आम जनतासँग जोडिएर उनीहरुका समस्या समाधान गर्न लाग्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले भने, ‘मेहनत धेरै गर्नुपर्ने हुन्छ । नेताहरु, कार्यकर्ताहरु सबैले मेहनत गर्नुपर्‍यो । हामी एकदम तयार हुनुपर्‍यो । खाली अर्काको आलोचना गरेर कोही पनि अगाडि बढ्न सक्दैन ।’

उनले प्रजातन्त्रलाई कमजोर पारेर, संविधानको मूल मर्म र भावनालाई कमजोर बनाएर जान थाल्ने हो भने कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । ‘पन्चायत जसतो तानाशाही व्यवस्थालाई त हामीले ३०–३० वर्षसम्म संघर्ष गरेर परिवर्तन ल्यायौं । यदि कुनै पार्टीले आफ्नो बहुमतको बलबाट प्रहार गर्छ भने कांग्रेस चुप लागेर बस्दैन ।’

त्यसका लागि सबैभन्दा पहिले पार्टीको केन्द्रिकृत विधानलाई संशोधन गर्नुपर्नेमा सिंहले जोड दिए । उनले भने, ‘हाम्रै पार्टी सभापति सुशील कोइरालाको पालामा संघीयतासहितको संविधान जारी गर्ने तर पार्टीचाहिँ अझैसम्म पनि एकात्मक केन्द्रियतामा अल्झिएर बसेको छ त्यो त भएन नि । यसमा सुधार गर्नुपर्‍यो । विधानलाई संशोधन गर्नुपर्‍यो ।’

उनले अघि भने, ‘मेरो व्यक्तिगत रुपमा कसैप्रति गुनासो छैन तर सवाल के छ भने पार्टी जोगाउने कि नजोगाउने ? यसरी त चल्दैन नी पार्टी । तपाईंहरुलाई लाग्ला आफू ठूलो हुनलाई यसले यस्तो कुरा उठाइरहेको छ, त्यो होइन । म १७ सालदेखि कै भुक्तभोगी हुँ । कार्यकर्ताहरुलाई के कस्ता कष्ट आइरहेका हुन्छन् भन्ने कुरा मैले देखिरहेको छु ।’अनलाईनखबरवाट ,

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16