२०८३ वैशाख ८, मंगलबार
३:५१:३५ दिउँसो
- ADVERTISEMENT -

फोरम सरकारमा जाने:नेकपा र फोरमबीच दुई बुंदे सहमति

प्रकाशित मिति: २०७५ जेठ १४, सोमबार

1775
Shares

जेठ १४, काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबीच संविधान संशोधन गर्ने र सरकारमा सहभागि हुने विषयमा सहमति भएको छ । सोमवार बालुवाटारमा भएको दुई बुंदे सहमतिअनुसार सरकारले फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुलाई संशोधन मार्फत सम्बोधन गर्ने उल्लेख गरिएको छ ।

उक्त सहमतिसँगै फोरम सरकारमा सामेल हुने भएको छ । फोरमले यसअघि नै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई संसदमा विश्वासको मत दिएको थियो । सहमति पत्रमा नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल तथा फोरम अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

दुई बुंदे सहमतिको पहिलो बुँदामा ‘संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने’ उल्लेख छ । सहमतिको दोस्रो बुँदामा फोरम नेपाल सरकारमा जाने उल्लेख छ ।

फोरमका एक नेताका अनुसार अहिले कुन कुन मन्त्रालय लिने भन्ने बारेमा तय भएको छैन् । सोमवारै सपथ हुने संभावना पनि नरहेको बताइएको छ । तर, फोरमले सरकारमा दुई मन्त्री पाउने बताइएको छ । प्रधानमन्त्री ओलीले अहिले प्रधानमन्त्रीसँगै शहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । फोरमले शहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नै लिने वा मन्त्रालय हेरफेर हुने भन्ने विषयमा बताइएको छैन् । मङ्गलवार फोरमबाट सहभागि मन्त्रीले सपथ लिन सक्ने बताइएको छ ।

यसैबीच मधेश आन्दोलनको अगुवा गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सरकार र फोरमको सहमतिसँगै सरकारमा जानबाट बाहिरिएको छ । सरकारलाई बिश्वासको मत दिएको राजपा पनि फोरमसँगै सरकारमा जाने बताइएको थियो । संविधान संशोधन नभई सरकारमा सहभागि नहुने बताएको राजपा नेकपा र फोरमको संविधान संशोधनको सहमति भएसँगै सरकार बाहिरै रहने भएको हो ।
सोमवार भएको सहमतिको पहिलो बुंदामा नेकपाले फोरमले मधेश आन्दोलनका क्रममा उठाएका माग सम्बोधन गर्ने उल्लेख भए सगैं  फोरम नेपाल सरकारमा जाने निश्चित भएको हो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81