काठमाडौं । भारतीय इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको ११ औँ संस्करणको उपाधि छिनोफानो अाज आइतबार राति हुँदैछ । उपाधिका लागि सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच भिडन्त हुँदैछ । दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई हराउँदै हैदरावाद फाइनलमा पुगेको थियो भने पहिलो क्वालिफायरमा हैदराबादलाई हराउँदै चेन्नई फाइनल पुगेको थियो ।

यसअघि चेन्नाईले दुई र हैदरावादले एक पटक आइपीएलको उपाधि जितिसकेका छन् । जारी प्रतियोगितामा चेन्नई र हैदराबाद तीन पटक आमने–सामने भइसकेका छन् । तीनैपटक चेन्नई विजयी भएको थियो ।।मुम्बईको वानखेडे मैदानमा बेलुकी सवा ७ बजेदेखि खेल सुरु हुनेछ । अहिलेसम्म हैदराबादसंग भएका ९ खेलमा दुई पटकमात्र चेन्नईले हारेको छ ।

महेन्द्र सिंह धोनी ८ पटक फाइनल खेल्दैछन् । यसअघि ६ पटक चेन्नईसंग र एकपटक धोनी राइजिङ पुने सुपर जाइन्टसंग खेलेका थिए ।मुम्बईमा यसअघि खेलेका १२ खेलमा चेन्नईले ६ पटकमात्र जितेको छ । विभिन्न आँकडाहरुले यो फाइनल रोमाञ्चक हुनेछ । हैदराबाद बलरहरुमा टिकेको छ भने चेन्नईसंग अलराउण्डर बढी छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्