Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०२:४३ बिहान
- ADVERTISEMENT -

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको ह्याट्रिक, लिभरपुल ३-१ गोलले पराजित

प्रकाशित मिति: २०७५ जेठ १३, आइतबार

2018
Shares

एजेन्सी । रियल मड्रिडले लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको उपाधि उचाल्दै कीर्तिमान बनाएको छ । युक्रेनको राजधानी किएभमा भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै साबिक विजेता स्पेनिस क्लब रियल मड्रिडले उपाधि उचालेको हो । रियल मड्रिड च्याम्पियन्स लिगको इतिहासमा लगातार तेस्रो सिजन उपाधि जित्ने पहिलो क्लब हो ।

यसअघि युरोपियन कप रहेका बेला पनि रियल मड्रिडले लगातार तीन सिजन उपाधि जितेर कीर्तिमान बनाएको थियो । यसको अर्थ रियल मड्रिडले दोस्रो पटक लगातार तेस्रो सिजन उपाधि जित्ने कीर्तिमान बनाएको छ । रियल मड्रिडका लागि ग्यारेथ बेलले दुई तथा करिम बेन्जिमाले एक गोल गरे । लिभरपुलका लागि साडिओ मानेले एक गोल फर्काए । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५१ औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए ।

तर त्यसको चार मिनेटपछि नै मानेले लिभरपुलका लागि बराबरी गोल फर्काए । त्यसपछि भने रियल मड्रिडले गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्‍यो । ६४ औँ मिनेटमा बेलले च्याम्पियन्स लिगको इतिहासमा उत्कृष्ट मध्येको गोल गर्दै रियल मड्रिडलाई २–१ को अग्रता दिलाए । उनले आभरहेड किक मार्फत गोल गरेका हुन् । बेलले नै ८३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ३–१ ले विजयी भयो र लगातार तेस्रो तथा समग्रमा १३ औँ पटक च्याम्पियन्स लिगको उपाधि उचाल्यो ।

फाइनलमा खेलमा लिभरपुललाई पहिलो हाफमा ठूलो झड्का लाग्यो । क्लबका यो सिजन सर्वाधिक गोलकर्ता मोहम्मद सालह थाइ इन्जिुरीका कारण मैदान बाहिर निस्कन बाध्य भए । उनी रियलका कप्तान सर्जिओ रामोससँग ट्याकल गर्ने क्रममा चोटग्रस्त भएका हुन् । रियल मड्रिडले पछिल्ला पाँच सिजनमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ । जिनेदिन जिदान क्लबको प्रशिक्षकको रुपमा आएपछिका हरेक सिजन रियल च्याम्पियन्स लिग च्याम्पियन अर्थात युरोपियन च्याम्पियन बनेको छ ।

रियल मड्रिडले युरोपियन कप रहेका बेला सन् १९५६ देखि १९६० मा फाइनलमा पुगेर पाँचै पटक उपाधि उचालेको थियो । युरोपियन कपका बेला बेन्फिका, अजाक्स र बार्यन म्युनिख तथा च्याम्पियन्स लिग एरामा एसी मिलान र युभेन्टस मात्रै लगातार तीन सिजन फाइनलमा पुगेका छन् । रियल मड्रिडले पछिल्लो पटक सन् २०१६ मा एथ्लेटिको मड्रिडलाई पेनाल्टीमा ५–३, सन् २०१७ मा युभेन्टसलाई ४–१ र अहिले सन् २०१८ मा लिभरपुललाई ३–१ ले हराएर उपाधि जितेको छ ।

यो जितसँगै स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो पाँच पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । यो सिजन १५ गोल गरेका रोनाल्डो सिजनमा च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता पनि हुन् । घरेलु लिगमा तेस्रो भए पनि रियल मड्रिड युरोपियन च्याम्पियन भने रहि नै रह्यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -