- ADVERTISEMENT -

चितवनमा बर्डफ्लू प्रमाणित भयो

May 25, 2018
1860
Shares
- ADVERTISEMENT -

चितवन, जेठ ११ चितवन जिल्लाका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका – ६ देवनगर नजिकै मयूर कटेज एण्ड रेष्टुरेण्टमा पालिएका कुखुरामा बर्डफ्लू देखिएको हो । सो रेष्टुरेण्टमा स्थानीय जातका कुखुरा र हाँस खोरमा राखेर पालिएको थियो । ती कुखुराको नमूना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएकामा बर्डफ्लू प्रमाणित भई आएपछि त्यहाँ रहेका २६ कुखुरा नष्ट गरिएको खरेलले बताए ।

त्यस्तै सब्जीमण्डीमा १० पसलमा स्थानीय जातका कुखुरा, ब्रोइलर कुखुरा र हाँस रहेकामा तिनीहरुलाई नष्ट गर्ने काम शुरु भएको छ । बालकुमारी सब्जीमण्डी क्षेत्रमा के कति पक्षी छन् भनी बुझ्ने काम भइरहेको छ । दुवै ठाउँको नमूना दुई दिनअघि पठाइएकोमा बुधबार राति नतिजा आएसँगै नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

यही जेठ ३ गते पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सुर्तनीमा दुई फर्ममा बर्डफ्लू देखा परेपछि त्यस क्षेत्रका पक्षी नष्ट गरिएको थियो । जिल्लामा ठाउँ ठाउँमा बर्डफ्लू देखा परेपछि उच्च सतर्कता अपनाइएको छ । सेतोपाटीबाट 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -