२०८२ चैत २९, आइतबार
७:१८:५५ बेलुका
- ADVERTISEMENT -

यस साताभरि २१ अंकले घट्यो नेप्से

प्रकाशित मिति: २०७५ जेठ १०, बिहीबार

1819
Shares

१० जेठ, काठमाडौं ।  सेयर बजार यस साताभरि घटेर कारोबार भएकाे छ । आइतबारदेखि विहीबारसम्म सबै कारोबार दिनमा सेयर बजार परिसूचक ओरालो लाग्दा नेप्से २१.४३ अंकले घटेको छ । सातामा नेप्से २१.४३ अंकले घटेको छ भने लगानीकर्ताको सम्पत्ति २४ अर्बले घटेको छ । सातामा बजार परिसूचक आइतबार ०.४६ अंक, सोमबार २.०६ अंक, मंगलबार ४.३१ अंक, बुधबार ४.५५ र अन्तिम दिन बिहीबार बजेटमा एकीकृत कर प्रणाली लागू गरि पूँजीगत लाभकर १० प्रतिशतमा बढाउने हल्लाले सबैभन्दा बढी १०.०५ अंकले नेप्से घटेको हो ।

विहीबार सेयर बजार परिसूचक दोहारो अंकले घटेको छ । कारोबारमा आएका १० उप समूहमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूह बाहेक अरु सबै उप समूह झरेका छन् । यसदिन १६२ कम्पनीका आठ लाख आठ हजार ७९२ कित्ता सेयर ३८ करोड ०९ लाख रुपैयाँ बराबरमा खरिदविक्री भएका छन् । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् ०.७६ प्रतिशतले घटेर २७७.८९ अंकमा अडिएको छ ।

विहीबारको कारोबारमा कालिका माईक्रोक्रेडिट लघुवित्तको सबैभन्दा बढी दुई करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सेयर दलाल कार्यालयहरुमा लघुवित्तको हकप्रद आउने हल्ला चलेपश्चात कम्पनीको अधिक सेयर कारोबार भएको हो । नेपाल बैंकको दुई करोड पाँच लाख, प्रभु इन्स्योरेन्स, स्वदेशी, स्वरोजगार र नागबेली लघुवित्तको पनि एक करोड बढीको सेयर खरिद विक्री भयो ।

यसदिन सस्तो सेयरमूल्य रहेको जेविल्स फाइनान्सको सेयरमूलयमा सबैभन्दा बढी ५.४५ प्रतिशतले उछाल आउँदा प्रतिकित्ता सेयरमूल्य ११५ रुपैयाँ पुगेको छ । सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्सको ४ प्रतिशत बढीले सेयरमूलय बढ्दा सबैभन्दा धेरै सेयरमूल्य किसान माईक्रो फाइनान्सको घटेको छ । कम्पनीको सेयरमूल्यमा ५.६९ प्रतिशतले घटेर १७७४ मा झरेको छ । मिर्मिरे,लक्ष्मी लघुवित्त, मेरो, जनउत्थान, स्वेदेशी, नयाँ नेपाल र मिथिला लघुवित्तको सेयरमूल्य चार प्रतिशतले घटेको छ ।

विहीबार लगानीकर्ताको सम्पत्ति मापन गर्ने समग्र बजार पूँजीकरण १५ खर्ब ४७ अर्बमा झरेको छ जुन बुधबारको तुलनामा ११अर्ब रूपैयाँ कम हो । साताको पहिलो कारोबार दिन समग्र बजार पूँजीकरण १५ खर्ब ७१ अर्ब रहेको थियो । निरन्तर बजार घट्दा सातामा २४ अर्बले लगानीकर्ताको सम्पत्ति घटेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16