काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका तत्कालीन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसको अवसर पारेर बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई रिहा गर्न कारागार व्यवस्थापन विभागले गृहमन्त्रालय समक्ष सिफारिस गरेको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३ गते संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था भए पनि ढुंगेलको हकमा अब कुनै पनि सजाय मिनाहा गर्न नमिल्ने फैसला गरेको थियो ।

कारागार नियमावली अनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनका आधारमा कैदीलाई छाड्न सक्ने प्रावधानमा टेकेर सरकारलाई उनलाई मुक्त गर्न लागेको हो । तर के ढुंगेल असल चालचलन भएका कैदी हुन् ? अदालतको आदेश पालना नगर्ने ढुंगेल अहिले आममाफीयुक्त कसरी हुने ?

ढुंगेल ०७४ सालमा जेल जाँदा नै चर्चा खुबै चुलियो । काठमाडौं उपत्यकामा भएको फरार अपराधी एकाएक पक्राउ पर्छ र जेल जान्छ । यो कसरी सम्भव भयो ? तर एमाले र माओवादीबीच पार्टी एकीकरण हुने चर्चा भएपछि ढुंगेललाई पक्राउ गरी जेल हालेपछि यही गणतन्त्र दिवस (जेठ १५) को अवसर पारेर छुटाउने योजना पार्टीहरुबीच बनेको थियो । त्यही योजनाअनुसार सम्भवतः ढुंगेल जेठ १५ गते छुट्नेछन्।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्