२०८३ वैशाख ६, आइतबार
११:४०:३१ राति
- ADVERTISEMENT -

सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदै

प्रकाशित मिति: २०७५ जेठ ७, सोमबार

1692
Shares
%#& ;ef;bsf] x:tfIf/ ;+ljwfg;ef ejg gofF afg]Zj/df ;+ljwfg;efsf %#& ;ef;bn] g]kfnsf] ;+ljwfg, @)&@ df x:tfIf/ ug'{ePsf] 5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

७ जेठ, काठमाडौं । सरकारको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठका नीति तथा कार्यक्रम पेस गर्नेछिन्। संघीय संरचनापछि सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस हुन लागेको पहिलोपटक हो।

नीति तथा कार्यक्रम आइतबारको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिसकेको छ। नीति तथा कार्यक्रमका लागि संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको छ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट संसद्मा पेस गर्नुअघि राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गर्न लागेकी हुन्। नीति तथा कार्यक्रममा बढीमा तीन दिनसम्म छलफल गर्ने तयारी संसद् सचिवालयको छ। सोमबार राष्ट्रपतिले नीति कार्यक्रम पेस गरेपछि लगत्तैको दोस्रो बैठकबाट राष्ट्रपतिलाई बिदाइसहित धन्यवादको प्रस्ताव पेस हुनेछ। सो प्रस्ताव पेससँगै औपचारिक रूपमा नीति कार्यक्रममाथि छलफल सुरु हुनेछ।

सरकारकोले योपटक संविधानले निर्देशित गरेको वित्तीय संघीयताको मर्म अनुसार नीति कार्यक्रम तय गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले यसअघि सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्दै वित्तीय संघीयताको वास्तवविक अभ्यास हुनेगरी बजेट र नीति कार्यक्रम तय हुने बताएका थिए।

यस्तै, ठूला पूर्वाधार निर्माण, पुनर्निर्माण र संविधान कार्यान्वयनलाई मुख्य प्राथमिकता राखेर नीति कार्यक्रम तय भएको छ।

प्रदेश र स्थानीय तहबाट सम्पन्न हुने कुनै पनि कार्यक्रमलाई योपटक केन्द्रको बजेट विनियोजन नहुने सरकारको नीति रहेको छ। आवश्यक वित्तीय सुनिश्चिततासहित आयोजना सम्बन्धित तहलाई नै हस्तान्तरण गर्ने तयारी सरकारको छ।

अपराह्न ४ बजे राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। पहिलो पोष्टबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98