२०८३ वैशाख ६, आइतबार
११:२७:४६ राति
- ADVERTISEMENT -

प्रदेश २ का मुख्यमन्त्री राउतले अमेरिका भ्रमण गर्ने अनुमति पाएनन्

प्रकाशित मिति: २०७५ जेठ ७, सोमबार

1961
Shares

काठमाडौं – सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो। मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी सरकारसक्ष अनुमति मागेका थिए।

प्रदेशस्तरमा कानुन, बजेट, नीति तथा तर्जुमा गर्न बाँकी रहेको र त्यसका लागि मुख्यमन्त्री आवश्यक पर्ने भन्दै मन्त्रिपरिषद् बैठकले राउतको भ्रमण रोकेको हो। राउतले गैरसरकारी संस्थाको निम्तोमा अमेरिका जान गरेको प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले रोकेको सरकारका प्रवक्ता तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए। ‘प्रदेशभित्रै आर्थिक वर्ष २०७४÷७५ को नीति, बजेट निर्माण तथा कार्यक्रमलगायत संगठनात्मक संरचना निर्माणजस्ता महत्वपूर्ण कार्य गर्नुपर्ने भएकाले राउतको अमेरिका भ्रमण गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले अस्वीकृत गरेको छ,’ बास्कोटाले भने।

मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को सोमबार अपराह्न बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्ने कार्यक्रम छ। बैठकले ३३ किलो सुन प्रकरण छानबिन गर्ने राष्ट्रिय अनुसन्धान समितिको म्याद जेठ मसान्तसम्म थप गरेको छ। यस्तै राष्ट्रिय बिमा संस्थानको प्रशासकमा कविप्रसाद पाठकलाई नियुक्त गरेको छ। बैठकले चुरे र भित्री मधेस जोड्ने ‘मदन भण्डारी राजमार्ग’ निर्माण गर्ने प्रस्ताव पारित गरेको छ। नागरिक न्यूज

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98