- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघको आयल निगम घेराउ

May 18, 2018
2529
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

४ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा लगातार भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै अाज नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । पटकपटक मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको भन्दै  एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजी र घेराउ गरेको हो। नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन । यसैबीच नेविसंघले शुक्रबार नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईलाई ज्ञापनपत्र समेत बुझाएको छ। ज्ञापनपत्र बुझ्दै नायब कार्यकारी निर्देशक भट्टराईले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यवृद्धिअनुसार नै मूल्य समायोजन गरेको बताए । नेविसंघले भने तत्काल मूल्यवृद्धि फिर्ता नलिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com