२०८३ वैशाख ६, आइतबार
१०:५४:५२ राति
- ADVERTISEMENT -

जान्नुहोस ३३ किलो सुन तस्करीका ६ रहस्य

प्रकाशित मिति: २०७५ जेठ ४, शुक्रबार

2154
Shares

काठमाडौं- दुबई हुँदै हवाईमार्गबाट नेपाल आएर त्रिभुवन विमानस्थलमा कार्यरत विमान कम्पनीका सहयोगीमार्फत् बाहिरिएको साढे ३३ किलो सुन र त्यसको जालो दुई महिनायता नेपालमा चर्चाको शिखरमा छ। नेपालमा सुन तस्करी नौलो घटना हुन छाडेको धेरै भइसकेको छ। प्रहरी अधिकारी र भन्सारका कर्मचारी जोडिनु पनि नौलो घटना थिएन। विमानस्थलमा आवतजावत गर्ने हवाई कम्पनीका कामदार, तस्कर र सुरक्षा निकायका अधिकारीको त्रिपक्षीय जालो भने यस पटक उदेकलाग्ने गरी उदांगियो।

सुन तस्करीसँग जोडिएर भएको सनम शाक्यको हत्याको अनुसन्धानको नेतृत्व गर्ने र फिल्डमा खटिने अधिकारीलाई समेत अभियुक्त बनाउँदै मुद्दा दायर हुँदा आश्चर्य र आशंकाको तह ह्वात्तै बढ्यो। सुन तस्करीका पटके अभियुक्त, कहलिएका सुन व्यापारीदेखि राजनीतिज्ञसमेत गरी ६३ जनाको नाम सहितको अभियोग पत्र दर्ता भएपछि अहिले मोरङ जिल्ला अदालतमा बयान सकिएर थुनछेकको क्रम जारी छ।

सनम शाक्य हत्या र सुन तस्करीको अनुसन्धानका लागि मन्त्रिपरिषद्ले नै निर्णय गरेर गठन गरेको विशेष छानबिन समितिले अनुसन्धान अदालतमा पुग्नुअगाडि अनुसन्धानको सारसंक्षेप सार्वजनिक गर्ने प्रतिबद्धता गरिएको थियो तर त्यो पूरा हुन सकेन । अभियोग पत्र दर्ता भयो तर समितिको अनुसन्धान अझै जारी छ ।

अनुसन्धान कति बलियो छ, त्यसको लेखाजोखा गर्ने एक मात्र आधार अदालतमा दर्ता भएको अभियोग पत्रको विवरण र दाबी मात्र हुन्। यसलाई नियाल्दा साढे ३३ किलो सुन तस्करी र हत्या अुनसन्धानमा धेरै रहस्य देखिएका छन्।

१. तस्करीको सुन कसको ?
कहिलेदेखि सुन तस्करी हुन थालेको हो ? कति परिणामसम्म तस्करी भयो । तस्करीमा कसको संलग्नता कति हो भन्ने सबै खोतलखातल भए पनि तस्करी भएर नेपाल भित्रिएको सुन कसको थियो ? यी प्रश्नमा अभियोग पत्र मौन छ। राप्रपाका नेता समेत रहेका भुजुङ गुरुङले बयानमा मोहनकुमार अग्रवालको लगानीमा बैंककबाट थाई एयरलाइन्स हुँदै सुन त्रिभुवन विमानस्थल काठमाडौंसम्म ल्याएको उल्लेख छ।

सुन कसको थियो भन्ने नाम खुलाउने उनी एक मात्र प्रतिवादी हुन् । अभियोग पत्रको १६ औं नम्बरमा अग्रवाललाई समेत प्रतिवादी बनाइएको छ । तर सुनको मालिकबारे कहीँकतै उल्लेख गरिएको छैन ।

संगठित रुपमा चलिरहेको सुन तस्करीको जालो राजनीतिक तहसम्म पनि नजोडिएको हैन । सुनको मालिकबारे मौन रहेको अभियोग पत्रले अनुसन्धान तस्करीको मूल स्रोतको साटो टापटिपमा लागेको त हैन ? सस्पेन्स कायम छ ।

२. कसले लुट्यो सुन ?
दुई महिना लगाएर गरिएको अनुसन्धानमा सुन लुटिएको हो या हैन समेत खुलाउन सकेको छैन। पक्राउ परेका अभियुक्तहरुले समेत सुन लुटिएको थियो या थिएन खुलाएका छैनन् । सबैको बयानमा विमानस्थलबाट सुन बाहिर निकालेर अनामनगरमा रहेको सुन गोदाममा सानु बनले लैजानेक्रममा सुन लुटिएको भनेको सुनेको मात्र उल्लेख छ ।

यसमा मृतक शाक्यकी प्रेमिका भनिएकी निशा सेन ठकुरीको बयानमा सुन लुट्ने योजनाबारे उल्लेख छ । उनले बयानमा रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामाले सुन लुट्ने योजना बनाएको खुलाएकी छन् तर रमेश, रोशन र आकाशको भूमिकातिर अनुसन्धान प्रवेश नै गरेको छैन । सुन लुटिएको हो या हैन समेत खुलाउन अनुसन्धान असक्षम छ ।

३. मामा भनिएका प्रहरी को हुन् ?
सुन तस्करीमा गोरे भन्ने चूडामणि उप्रेतीलाई सघाएको भन्दै पूर्व डिआइजी गोविन्द निरौला, बहालवाला एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत, हवल्दार अम्बरबहादुर थापा र प्रहरी जवान विष्णुबहादुर खड्का हिरासतमा छन् । यी सबै तस्करीका अभियुक्तसमेत हुन् । उनीहरु सुन तस्करीमा संलग्न रहेको निष्कर्ष प्रहरी जवान खड्काको बयान र गोरेको डेरामा फेला परेको रजिस्टरलाई बनाइएको छ ।

अभियोग पत्रमा उल्लेख भएअनुसार रजिस्टरमा कसैको नाम उल्लेख छैन । रकम दिएको व्यक्तिको नाम डिआइजी मामा, एसएसपी मामा, एसपी मामा, डिएसपी मामा र एसएसपी मायाको ड्राइभर उल्लेख छ । रजिस्टरमा रहेको कोड नेम कसको हो भन्ने एसएसपी खत्रीको चालकसमेत रहेका खड्काले बयानमा डिआइजी मामा भन्ने व्यक्ति निरौला, एसएसपी मामा भनेको खत्री, एसपी मामा भनेको खनाल सर र डिएसपी मामा भनेको राउत रहेको खुलाएका छन्।

अनुसन्धान समितीसँगको बयानमा कोड नेम खुलाएका खड्काले अदालतको बयानमा यी कसैलाइ नचिन्ने र प्रहरीले थर्काएर बयान दिन लगाएको भन्दै बयान फेरी सकेका छन्।

जुन समयमा साढे ३३ किलो सुन तस्करी भएर विमानस्थलबाट बाहिरियो यी कुनै पनि प्रहरी अधिकारी विमानस्थलको सुरक्षा जिम्मेवारीमा थिएनन् । उनीहरु कार्यरत रहेको समयमा विमानस्थलबाट भएको सुन तस्करीबारे अभियोग पत्रमा केही उल्लेख छैन।

अभियोग पत्रमा पक्राउ परेका पूर्व र बहालवाला चार प्रहरी पहिला पनि गोरेसँग मिलेर तस्करी गरेको अभियोगमा पक्राउ परेका हुन् या हराएको भनिएको साढे ३३ किलो सुनमा पक्राउ भएका हुन्, त्यो खुल्दैन । अनुसन्धानमा सरकारी साक्षी बनाइएको प्रहरी जवान खड्काको बयानबाहेक कोड नेम पक्राउ परेकाहरुकै नाम हो भन्ने दोस्रो प्रमाण मिसिलमा संलग्न देखिन्न ।

बयानमा संलग्न खड्काको बयानमा एसएसपी खत्री र निरौला विमानस्थलमा खटिँदा कसरी सुन तस्करलाई सघाउँथे भन्ने उल्लेख छ । तर यही साढे ३३ किलोको तस्करीमा सघाएको हो या अन्य तस्करीमा सघाएको हो भन्ने खुल्दैन । पक्राउ परेका विमानका कर्मचारीको बयानमा साढे ३३ किलो सुन तस्करीमा पक्राउ परेका पूर्व र बहालवाला प्रहरीको भूमिका उल्लेख छैन ।

४. अरुको कोड नेम, सञ्जेल चैँ भाञ्जा नै ?
सुन तस्करीमा संलग्न नरहेको तर त्यसैसँग जोडिएर भएको सनम शाक्य हत्या अनुसन्धानमा संलग्न एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई समेत अभियुक्त बनाइएको छ ।
सञ्जेलको हकमा गोरेसँग पहिलादेखि सम्बन्ध र सम्पर्क रहेको आधारमा टेकेर तस्करीमा समेत संलग्न रहेको दाबी छ । अभियोग पत्रमा गोरेले सम्पर्कमा रहेका सबै प्रहरीलाई मामा भनेर बोलाउने गरेको उल्लेख छ । सञ्जेललाई गोरेले मामा भनेकै हकमा दुवै जनाबीच मामा–भाञ्जाको सम्बन्ध रहेको भन्दै तस्करीमा उनको संलग्नताको पुष्टिको प्रयास गरिएको छ । यो आफैंमा विरोधाभाषपूर्ण प्रमाण देखिन्छ ।

५. निर्देशन दिने एआइजी खै ?
काठमाडौँ उपत्यकाका तीन जिल्ला कार्यक्षेत्र भएको महाशाखाका प्रहरी अनुसन्धानमा लागि मोरङ जानु, जाने आदेश दिनु नै अपराध रहेको अभियोग पत्रमा तर्क गरिएको छ ।

अभियुक्त पक्राउका लागि गोरेबाट आएको पैसाको अफरबारे प्रहरी प्रधान कार्यालयको नेतृत्वलाई समेत जानकारी दिएर पक्राउको मनसायले डिल गर्नुलाई मनसाय खराब भनिएको छ । एसएसपी लोहनीको कसुर कार्यक्षेत्रबाहिर आफ्नो प्रहरी कर्मचारी खटाउनु, डिल गर्दा नरोक्नु, शव फेला परेको स्थानभन्दा अन्यत्र मुचुल्का गर्न सहमति दिनु उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयका तात्कालीन कामु प्रमुख बमबहादुर भण्डारीको अनुमतिमा कार्यक्षेत्र बाहिर खटिएको, पक्राउको मनसायले गोरेको पैसाको प्रस्ताव स्वीकार गरेको विवरण सार्वजनिक भए पनि अभियोग पत्र यो पाटोबारे मौन छ ।

निर्देशन दिएकै आधारमा दिवेश अभियुक्त बन्दा उनलाई निर्देशन दिनेले कसरी उन्मुक्ति पाए ? एकै प्रकृतिको कारणमा फरक व्यवहार किन ? त्यो रहस्य खुलेको छैन । कार्यक्षेत्र बाहिर प्रहरी खटाउनु प्रहरी ऐन अनुसारको विभागीय कारबाहीको क्षेत्र हो कि जघन्य अपराध हो ? यो प्रकरणले नयाँ बहस ल्याएको छ ।

६. यत्ति प्रमाणले थेग्दा अभियोग ?
जति बलियो कानुन समातिन्छ, त्यसले त्यत्ति नै बलियो प्रमाण र आधार माग्छ । सुन तस्करीलाई यसअगाडि राजश्व छलेको अभियोगमा भन्सार कार्यालयले नै मुद्दा प्रक्रिया अगाडि बढाउने गरेको थियो ।

अहिले संगठित अपराध ऐन टेकिएको छ । यस अगाडिका यस्तै प्रकृतिको मुद्दामा संगठित अपराध ऐनले मौखिम बयान, विश्लेषण र आशंकालाई मूल प्रमाण स्वीकार गरेको देखिदैन । मौखिक बयानलाई सहायक प्रमाणको रुपमा स्वीकार गर्दा यस अगाडिका यस्तै घटनाका अधिकांश अभियुक्त सामान्य धरौटीमा मुक्त भएका आदेशहरु अदालतमा छन् ।

साढे ३३ किलो सुन तस्करीमा अभियुक्त बनाइएकाहरुविरुद्ध पेस गरिएका प्रमाणको सूचीमा पक्राउ अभियुक्तको बयान, गोरेको डेरामा फेला पारिएको डायरी र त्यसमा उल्लेख विवरण नै हावी छ। के यत्ति प्रमाणले यत्रो तस्करीमा संलग्न अभियुक्तको अभियोग पुष्टिको भार थेग्न सक्ला ! शुक्रबार साप्ताहिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98