जेष्ठ १, काठमाडौं –
नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा भएका विभिन्न घटनामाथि विरोध जनाएको छ। विरोधस्वरुप संघले मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ। मंगलबार बिहान राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि चक्काजाम, जुलुस र र्याली गर्दै नेविसंघले अब देश रक्षाका लागि नेविसंघ मैदानमा उत्रिएको बताएको हो । विरोधका कारण केही समय ट्राफिक व्यवस्थापनमा समस्या परेको छ।

भारतीय सांसद कीर्ति आजादले प्रदेश नम्बर २ जनकपुरलाई भारतले दुई सय वर्षका लागि दिएको र त्यो समय सकिएकाले अब भारतमै गाभ्नुपर्ने भन्दै विवादित भाषण गरेपछि कार्वाहीको माग गरेको छ । यस्तै, भारतीय सेना नेपाल भित्रन दिएर सरकारले लज्जास्पद काम गरेको भन्दै आलोचना गरेका पनि छन्।  केपी ओली नेतृत्वको सरकार लम्पसारवादी भएको आरोप लगाउदै नेविसंघ सडकमा उत्रिएको हो ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्