यस साताको अाइतबार सार्वजनिक विदा परेकाले साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंक अर्थात १०. २८ अंकले झरेको छ । बजार खुलेदेखि नै लगातार ओरालो लागेको नेप्से परिसूचक १०.२८ अंकले घटेर १३३८.१७ अंकमा झरेको हो । गत मंगलबार यता परिसूचक लगातार घटिरहेको छ ।
सोमबार १६३ कम्पनीको १० लाख ७ हजार ७६४ कित्ता सेयर ४२ करोड ५१ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको बजारमा कारोबार रकम भने अघिल्लो कारोबार भन्दा पाँच करोडले बढेको छ ।
बैंकिङमा १७ करोड ६५ लाख, बीमा ८ करोड ३२ लाख र लघुवित्तहरुको ६ करोड ६४ लाख बराबरको कारोबार हुँदा कारोबार रकममा बढोत्तरी देखिएको छ ।
अाज सिद्धार्थ बैंकको सबैभन्दा बढी एक लाख ९४ हजार ६२४ कित्ता सेयर ६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ जसकाे हकप्रद सुरक्षित गर्ने अन्तिम दिन परेकाले पनि कम्पनीको २ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तेस्रोमा नबिल बैंकको संस्थापक सेयर रहेको छ भने क्रमश: बुटवल पावर कम्पनी,नेपाल इन्भेष्टमेन्ट बैंक, र सानिमा बैंकको एक करोड बढीको सेयर खरिद विक्री भएको छ परिसूचक १०.२८ अंकले घटेसँगै लगानीकर्ताको सम्पत्ति १५ खर्ब ७० अर्बमा समेटिएको छ ।
- ADVERTISEMENT -
अाज सोमबार सबै भन्दा बढी अर्थात १० प्रतिशतले हिमालयन डिस्टिलरीको सेयरमूलय बढेको छ दोस्रोमा उन्नती माइक्रोफाइनान्सका सेयरधनीले ७ प्रतिशतका दरले कमाएका छन्। उता किसान माइक्रोफाइनान्स र भार्गव विकास बैंकको सेयरमूल्य पाँच प्रतिशत बढीले ओरालो लागेको छ । ग्रिन डेभलपमेन्ट, मेरो माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त, डिक्प्रोक्स लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक, गोर्खा फाइनान्स र सानिमा इक्वीटी फण्डका इकाइधनीले चार प्रतिशत बढीले गुमाएका छन् ।