- ADVERTISEMENT -

नेपाल अाजबाट लोडसेडिङमुक्त मुलुक भएको घोषणा

May 14, 2018
1739
Shares
- ADVERTISEMENT -

सोमबार, ३१ बैशाख
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा मागअनुसार विद्युत् आपूर्ति नभएको भन्दै पहिलो पटक लोडसेडिङ घोषणा गरेको थियो । प्राधिकरणले ठाउँ विशेष हेरेर तालिका प्रकाशित गरेर हप्ताको एक दिन एक घण्टा  देखी शुरुवात भएर  दैनिक १८ घण्टासम्म लोडसेडिङ गरेको थियो ।झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङ मुक्त देश भएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि देशभर लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । विद्युत् चुहावटलाइ राेक्दा लोडसेडिङ व्यवस्थापन गर्न सहज भएकाे हो । प्राधिकरणले औद्योगिक क्षेत्रमा गर्दै आएको तीनघण्टे लोडसेडिङ पनि आजबाटैअन्त्य गर्दै  लोडसेडिङमुक्त मुलुक भएको घोषणा गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, संरचनागत सुधार र अपुग विद्युत भारतबाट आयात गरेकाले १५ वर्षपछि लोडसेडिङ अन्त्य भएको जानकारी दिनुभएकाे छ ।  लोडसेडिङ प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि लोडसेडिङ घटेको थियो । सन् २००३ देखि सुरु भएको लोडसेडिङ २०७३ सालको तिहारबाट काठमाडौँ लगायतका मुख्य शहरमा अन्त्य गरिएको थियो भने औद्योगिक क्षेत्रमा दैनिक ३ घण्टासम्म लोडसेडिङ भैरहेको थियो तर नेपाल विद्युत प्राधिकरणले अाज सोमबारबाट नै औद्योगिक क्षेत्रमा भैरहेको  लोडसेडिङ पनि अन्त्य भएको घोषणा गर्दै लोडसेडिङमुक्त मुलुक भएको घोषणा गरेको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -