दमौली — तनहुँको घिरिङ गाउँपालिका-४ का एमालेबाट विजयी वडाध्यक्ष झकबहादुर कुमालमाथि एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।
श्रीमान्ले विदेशबाट पठाएको रकम डेढगाउँ बैंकबाट झिकेर फर्कने क्रममा गत बैशाख २५ गते दिउँसो वडाअध्यक्ष कुमालले नवलपरासी बर्दघाटको डेढगाउँको वनमा जबर्जस्ती गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।
‘बालीघाट पुलमा भेटेका वडाध्यक्षले मोटरसाइकलमा बैंकसम्म पुर्याएको र पिछा गरेकाे पीडित महिलाले अारोप लगाएकी छन । पीडित महिलाले भनिन्, ‘ दिदीकहाँ मोटरसाइकल रोक्न आग्रह गर्दागर्दै पनि नरोकी जंगलमा लगेर मलाइ जबरजस्ती गरे । उनको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । तर, वडाध्यक्ष कुमालले भने आफूमाथि झुटो आरोप लगाएको बताएका छन् ।








































