- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

रोजगारी लागि साउदी अरब गएका एक नेपालीको मृत्यु

May 10, 2018
1615
Shares
- ADVERTISEMENT -

वैशाख २७ गते । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका एक युवकको मंगलबार राति मृत्यु भएको छ । सप्तरी जिल्लाको खडक नगरपालिका–९, लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको परिवारजनलाई उध्दृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजका मिडिया अधिकृत चन्दनकुमार यादवले जानकारी दिनुभयो । उनी २०७३ असार ९ गते साह मिडल इस्ट म्यानपावर कम्पनी, काठमाडौँमार्फत साउदी अरब गएका र त्यहाँको अल्फानार कन्स्ट्रक्सन कम्पनीमा कम्प्यूटरसम्बन्धी काम गर्दै आएका थिए ।

सञ्जय सो कम्पनीमा काम गरी आफ्नै डेरामा खाना खाएर सुतेका तर बुधबार बिहान साथीहरुले उठाउन जाँदा उनी मृत अवस्थामा फेला परेको सञ्जयका दाई उमेश साहले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

यसैबीच, मृतक साहको साउदीबाट शव ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनको परिवारजनले आग्रह गरेका छन् । गोरखापत्रबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com