- ADVERTISEMENT -

धार्मिक हिंसा भड्काउन खोज्ने आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा

May 8, 2018
1147
Shares
- ADVERTISEMENT -

२५ वैशाख ।   हिन्दु धर्मगुरु आचार्य श्रीनिवासले धार्मिक र साम्प्रदायिक हिंसा फैलाउने योजनाका साथ आफैंमाथि गोली हान्न लगाइएको अनुसन्धानका क्रममा देखिएपछि आचार्यलाई पक्राउ गरिएको हो । नयाँ दिल्ली जाने तयारीमा रहेका आचार्य सोमबार काठमाडौंबाट पक्राउ परेका थिए । सुनसरी बराह नगरपालिका ६ चक्रघट्टीस्थित लक्ष्मी बेङ्कटेस आश्रममा बस्दै आएका २४ वर्षीय आचार्यमाथि २५ चैत गते गोली प्रहार भएको थियो । मोरङ प्रहरीले सोमबार नै आचार्यसहित गोली काण्डमा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरिसकेको छ । हिन्दु राज्यको माग गर्दै गरेको आन्दोलन सफल नभएपछि आचार्यले धार्मिक हिंसा भड्काउन र जनता-धर्मगुरुहरुलाई आन्दोलनका लागि उक्साउन आफूलाई गोली हान्ने योजना बनाएका थिए । आचार्यको योजनाअनुसार आफूले गोली हानेको बयान चौधरीले दिएका छन् । प्रहरी हिरासतमा रहेका आचार्यले भने बोल्न मानेका छैनन् ।

हिन्दूराज्य कायम गर्न विभिन्न समयमा आन्दोलन चलाएपनि सफल हुन नभएपछि हिन्दू धर्मावलम्बी र धर्म गुरुहरुलाई आन्दोलनका लागि उक्साउन आचार्य श्रीनिवास आफैंले योजना बनाएर गोली हान्न लगाएको पाइएको मोरङ प्रहरीका प्रमुख एसपी अरुण बिसीले जानकारी दिए । प्रहरीका अनुसार आचार्यले हातमा गोली हान्न भनेका थिए तर, गल्तीले छातीमा लागेको हो । अभियुक्त चौधरीले पुर्वयोजना अनुसार आफूले ५ मिटर टाढाबाट गोली प्रहार गरेको तर निशाना चुकेपछि दाहिने कुम छेउमा लाग्न गएको बताए । चितवनमा नै गोली प्रहार गर्ने प्रपन्च रचिएको भए पनि हतियार ब्यवस्थापन नहुँदा सफल नभएको पाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

घटनामाथि शंका नगरोस् भनेर उनीहरुले मंगोल आर्मीको नक्कली पर्चा समेत छरेका थिए । तर, प्रहरी अनुसन्धानका क्रममा आचार्य श्रीनिवासको पोल खुलेको छ । पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने भएको छ ।

गत चैत २५ गते विराटनगरको जतुवामा बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला अज्ञात समूहले गोली हानेर आचार्यलाई घाइते बनाएको भनेर हल्ला फैलाइएको थियो । दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको अवस्थामा भेटिएका आचार्यलाई उपचार गर्न विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -