२०८२ चैत २९, आइतबार
६:३८:४६ बेलुका
- ADVERTISEMENT -

शिक्षा र स्वास्थ्यसम्बन्धी संसदीय मञ्च बन्ने

प्रकाशित मिति: २०७५ वैशाख १९, बुधबार

1806
Shares
%#& ;ef;bsf] x:tfIf/ ;+ljwfg;ef ejg gofF afg]Zj/df ;+ljwfg;efsf %#& ;ef;bn] g]kfnsf] ;+ljwfg, @)&@ df x:tfIf/ ug'{ePsf] 5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, वैशाख १९ गते । संविधानको मौलिक हकमा रहेका शिक्षा र स्वास्थ्यलगायत सामाजिक क्षेत्रको अधिकार कार्यान्वयन र गुणस्तरीय सेवा प्रवाहका लागि विशेष पहल गर्न प्रतिनिधिसभा सदस्य सम्मिलित संसदीय मञ्च (ककस) बन्ने भएको छ ।

संविधानको मौलिक हकमा शिक्षालाई समावेश गरिएपनि अझै विद्यालय उमेर समूहका करीब तीन प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेको, सार्वजनिक विद्यालयकोस्तर माथि उठ्न नसकेको र शिक्षामा लगानी अनुसारको प्रतिफल नआएको गुनासो बढेका बेला त्यस्तो संसदीय मञ्चको आवश्यकता औंल्याइएको हो ।

नेकपा (एमाले) का सचिव एवं ताप्लेजुङका सांसद योगेश भट्टराईले आज शिक्षाकर्मीसँग गर्नुभएको छलफल कार्यक्रममा आफूले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिन अन्य पार्टीका इच्छुक सांसदसँग परामर्श गरेर त्यस्तो मञ्च बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले विद्यार्थी भर्ना र निःशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रमलाई प्रधानमन्त्री तहबाटै अभियानकै रुपमा सञ्चालन गरिनु सकारात्मक भएकाले अब सामुदायिक विद्यालयको पुनःउत्थानको युग ल्याउनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा विश्लेषक डा भोलाप्रसाद दाहालले विद्यार्थीको भर्नामा पहुँच बढेपनि सिकाइस्तर ४४ प्रतिशतको हाराहारीमा हुनुले शिक्षामा दृढ इच्छाशक्तिका साथ नीतिगत परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पाठ्यक्रम, शिक्षक व्यवस्थापन, शिक्षामा लगानी र सु–शासनका सम्बन्धमा नयाँ ढंगले सोच्नुपर्ने बताउनुभयो ।

अर्का शिक्षाविज्ञ डा बाबुराम अधिकारीले शिक्षालाई प्रयोगको भूिम बनाइएकाले अब सरकारले गैरसरकारी क्षेत्रको हस्तक्षेपलाई रोक्नुपर्ने सुझाव दिनुभयो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष कुमार भट्टराईले विद्यार्थीको सिकाइ उपलब्धि र सार्वजनिक शिक्षाको सुधारलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्नुभयो ।

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले अस्थायी शिक्षकको समस्या समाधान हुनुपर्ने र संविधानले शिक्षालाई मौलिक हकमा राखेकाले निजी विद्यालयलाई क्रमशः खारेज गर्नुपर्ने सुझाव दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16