२०८३ वैशाख ६, आइतबार
११:०५:१६ राति
- ADVERTISEMENT -

च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेशका लागि रियल मड्रिड र बार्यन म्युनिख अाज राति भिड्रदै

प्रकाशित मिति: २०७५ वैशाख १८, मंगलबार

1589
Shares

वैशाख १८ –

च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेशका लागि रियल मड्रिड र बार्यन म्युनिख अाज नेपाली समय अनुसार मंगलरबार राति साढे १२ बजे रियलको घरेलु मैदान सेण्टिआगो बर्नबाउमा खेल्दैछन् । । च्याम्पियन्स लिगको फाइनल पुग्ने बार्यनको सपनामा पोहोरदेखि नै रियलले तगारो हालिरहेको छ । मंगलबारको खेलमा बार्यन यो तगारो उघारेर अघि बढ्न चाहन्छ । तर, घरेलु मैदान र दर्शक तथा पहिलो लेगका जितका कारण हौसिएको रियललाई रोक्न उसले फलामको च्युरा चपाएसरह कठिनाईको सामना गर्नुपर्नेछ ।

खेल रियलको घरेलु मैदान सेण्टिआगो बर्नबाउमा नेपाली समय अनुसार मंगलरबार राति साढे १२ बजेपछि सुरु हुनेछ ।

रियल मड्रिडका पूर्व प्रशिक्षक योप हाइनकेसको प्रशिक्षणमा रहेको बार्यनले यो सिजन बुन्डेसलिगा र जर्मन कपको उपाधि जितिसकेको छ ।

बार्यनको घरेलु मैदानमा भएको पहिलो लेगमा रियल २–१ ले विजयी भएकाले आजको खेलमा रियललाई बराबरी पनि फाइनल पुग्नका लागि पर्याप्त हुनेछ । तर पहिलो लेगमा बार्यनले रियललाई कडा टक्कर दिएकाले बार्यनले दोस्रो लेगमा कमब्याक गर्नसक्ने विश्लेषण पनि फुटबल पण्डितहरुले गरेका छन् ।

प्रतियोगिताको अघिल्लो संस्करणमा रियलले नै बार्यनलाई हराएर घर फर्काइदिएको थियो । च्याम्पियन्स लिगमा घरेलु मैदानमा खेलका ७ खेलमा रियलले हार्नुपरेको छैन । अझ जिनेदिन जिदानको प्रशिक्षणमा रियलले घरेलु मैदानमा च्याम्पियन्स लिगमा कुनै पनि खेल हारेको छैन । यस्तै, च्याम्पियन्स लिगमा घरेलु मैदानमा दुई एकले हारेको टिम पछिल्ला सात खेलमा कमब्याक गर्न सकेको छैन ।

तर यो रियलका समर्थकलाई खुशी हुने कारण मात्र हो किनभने खेल इतिहासको निरन्तरताका लागि मात्र होइन नयाँ इतिहास बनाउन र पुराना इतिहास भत्काउनका लागि पनि खेलिन्छ ।

रियल र बार्यन युरोपियन फुटबल प्रतियोगितामा २६ औं पटक आमने सामने हुन लागेका हुन् । च्याम्पियन्स लिगको अघिल्लो सिजनको क्वाटरफाइनलमा रियालले बायर्नलाई समग्रमा ६–३ ले हराएको थियो । आजको खेल बार्यनका लागि गत सिजनमा ब्यहोर्नुपरेको हारेको बदला लिने अवसर पनि बन्नेछ । तर च्याम्पियन्स लिगको १२ पटकको च्याम्पियन टिम रियल मड्रिडलाई हराउनु चानचुने पक्कै हुने छैन । पहिलो लेगमा अवे खेलमा हात पारेको जितले रियललाई झनै हौस्याएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98