- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

काँग्रेस जमेको पोखरीजस्तो भयो: गगन थापा

April 24, 2018
1826
Shares
- ADVERTISEMENT -

 ५१ पन्ने अागामी कार्यदिशा प्रस्तुत गर्दै  थापाल‍े  पुराना मान्छेको  बहिर्गमन र नयाँ मान्छेको आगमन नहुनु काँग्रेसको समस्या  अौल्याएका छन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापासहितका युवा नेताहरुले केन्द्रीय कार्यसमितिको बैठकमा लिखित प्रस्ताव पेस गरेका छन् ।

गगन थापाले केन्द्रीय समितिमा लिखित प्रस्ताव पेश गर्दै भने “०४८ सालयता जसरी विचार र संगठनमा ढोका बन्द भए त्यसरी नै नेतृत्वमा रहेका पुराना मान्छेको स्वभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुनाले एजेण्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरी जस्तो भएको छ ।”

५१ पृष्ठ लामो प्रतिवेदनमा संविधानपछिको असन्तुष्टिको सम्बोधन, भारतीय नाकाबन्दीमा मौन रहनु, संविधान निर्माणपछि सरकार गठनमा देखिएको कमजोरी लगायतका विषय प्रतिवेदनमा उठान गरिएको छ ।
प्रतिवेदनमा तत्काल महासमितिको बैठक बोलाउनुपर्ने र त्यसलगत्तै १४ औं महाधिवेशनको कार्यतालिका बनाएर अघि बढ्नुपर्ने उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

 

प्रतिवेदनमा अब कम्युनिष्ट गठबन्धन के होला भनेर कुर्ने अवस्था नभएको उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

“अब कम्युनिष्टको गठबन्धन के होला भनेर नकुरौं, ५ वर्षपछिको चुनावमा यस्तो अवस्था बनाऔं सबै पार्टी एक ठाउँमा मिलेर चुनाव लड्दा पनि हामीले अहिलेको मतदाता जोगाएर कम्तिमा १५ लाख भोट थपेर एक्लै बहुमतसहितको पहिलो पार्टी बनाउनेछौ,” प्रतिवेदनमा भनिएको छ। केन्द्रीय सदस्य चन्द्र भण्डारीका अनुसार उक्त प्रतिवेदन सभापतिसमक्ष पेस भएको छ । बाह्रखरी

केन्द्रीय समितिमा प्रस्तुत प्रतिवेदनको पूर्णपाठ

NC_CWC_075-1_11_Final_ALL

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -