२०८३ वैशाख ६, आइतबार
११:१६:३४ राति
- ADVERTISEMENT -

भारतीय पक्षले तोकेकै भ्रमण मितिलाई ओली सरकारको अनुमोदन

प्रकाशित मिति: २०७५ वैशाख १०, सोमबार

1835
Shares

मोदी बैशाख २८ मा नेपाल आउने

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्तत: बैशाख २८ मै दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं उत्रने निश्चित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले प्रस्ताव गरेकै तिथिलाई सोमबार बिहान अनुमोदन गरेपछि उनी सोही दिन नेपाल ओर्लने निश्चित भएको हो। उनी आफ्नो कार्यकालमा तेस्रोपटक नेपाल भ्रमणमा आउन लागेका हुन्। बीचमा कुनै विशेष परिस्थिति सृजना नभए भ्रमण तय भइसकेको बालुवाटार स्रोतले स्पष्ट पारेको छ।

नेपालले समान हैसियतको विषय उठाउँदै आए पनि भारतीय पक्षले आफू खशी तय गरेको तिथिलाई भने नकार्न सकेन।

‘कर्नाटक निर्वाचनको मौन अवधिमा मोदीले नेपाल भ्रमण गर्ने चाँजो मिलाएका थिए। त्यसलाई नेपालले स्विकार गरेको छ,’ प्रधानमन्त्री निकट उच्च स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको बेइजिङ यात्रा अब पछाडि धकेलिएको छ। यद्यपी प्रधानमन्त्री बेइजिङ जाने यकिन तिथि भने तय भइसकेको छैन।’
छिमेकीलाई चित्त नदुखाउने नीति लिएको भन्दै प्रम ओलीले त्यही तिथिलाई स्विकार गरेको पनि बताइएको छ। भूगोलले सानोठूलो भएपनि नेपाल र भारतको हैसियत एउटै भएको बताउँदै आएका प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति पनि भारतीय विदेश मन्त्रालयले नै तोकेको दिन भएको थियो भने मोदी पनि आफ्नै खुशीले मिति तोकेर नेपाल आउन लागेका छन्।

भारतीय विदेश मन्त्रालयले नै पठाएको तिथिलाई स्वीकार गरिएको विषयमा परराष्ट्रका एक वरिष्ठ अधिकारीलाई जिज्ञासा राख्दा उनले भने, ‘यो राजनीतिक विषय थियो। प्रधानमन्त्रीको निर्देशन र अनुकुलता हामीले हेर्ने हो।’

आगामी शुक्रबार चीन जान लागेका मोदी त्यहाँबाट फर्केको एक सातापछि नेपाल आउने तय भएको हो। प्रधानमन्त्री ओलीले नयाँ दिल्लीमा भनेको भन्दा फरक शैलीको कूटनीतिक व्यवहार मोदीको नेपाल भ्रमणको तिथि तय हुँदा देखिएको छ।

परराष्ट्र मन्त्रालय उच्च अधिकारी भन्छन्, ‘भ्रमणको लागि भारतीयका तर्फबाट एडभान्स टिम नै आएर काम गर्न थालिसकेको छ। कसरी प्रधानमन्त्री ओलीले तिथि सार्न सक्नुहुन्थ्यो होला र?’

शिष्टाचार महापालसहितको टोली केही दिनपछि आउने भएपनि, सुरक्षा निकायका टोली भने काठमाडौं उत्रिसकेका छन्। उनीहरुले सुरक्षाको दृष्टिकोणबाट विभिन्न क्षेत्रको अवलोकन गर्न थालेका छन्। मोदी जनकपुर समेत जाने भएकाले त्यस स्थानको सुरक्षालाई समेत ध्यानमा राखिएको छ।

उनलाई १२ विगाहमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय हँुदैछ। उनले त्यहाँ नागरिकहरुलाई लामो सम्बोधन गर्ने कार्यक्रम छ। जुन कार्यक्रम २०७१ को मंसिरमा नै गर्ने भनिए पनि थाँति रहेको थियो। जनकपुर जाने कार्यक्रम रोकिएपछि मोदीले ट्रमा सेन्टरमा आएर आफ्नो अभिव्यक्ति दिएका थिए।

भ्रमणको समय छोटो हुने भएकाले पनि कार्यक्रमहरु मिलाउन हम्मे–हम्मे भइरहेको परराष्ट्र अधिकारीले बताएका छन्। एक दिन अगावै आउन मिल्छ कि भन्ने विकल्पमा पनि छलफल भइरहेको पनि एक अधिकारीले बताए।

अरुण तेस्रोको शिलान्यास त्यही पुगेर गर्ने कि, स्विच थिच्ने भन्ने विषय पनि छलफल भइरहेको छ। सानोभन्दा सानो विषयमा छलफलहरु आरम्भ भएको परराष्ट्र अधिकारीले बताए।

परराष्ट्र सचिव शंकर बैरागीले तिथि मात्र नभइ समग्र भ्रमणबारेमा छलफल भइरहेको र अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताए।

‘दुईपक्षीय छलफल गरेर एकै साथ तिथि सार्वजनिक गर्ने प्रचलन छ। गृहकार्यहरु भइरहेका छन्,’ उनले भने।

प्रधानमन्त्री मोदी नेपालमा रहँदा उनको काठमाडौं र जनकपुरमा नागरिक अभिन्दन समेत गर्ने कार्यक्रम रहेको छ। एउटै देशमा दुई स्थानमा नागरिक अभिनन्दन गर्ने या नगर्ने भन्नेमा पनि केही अन्यौलता छ। अन्य कार्यक्रमहरु तय गर्न दूतावास, परराष्ट्र मन्त्रालय र भारतीय टोलीबीच छलफल भइरहेका छन्।

समय मिलाउन सके एड्भान्स टोलीले यही भ्रमणका बेला मोदीलाई मुक्तिनाथ पनि लैजाने गरी गृहकार्य गरिरहेको परराष्ट्र अधिकारीले दाबी गरे। राजनीतिमा लाग्नु पूर्व केही समय मुक्तिनाथमा बिताएका मोदीले पहिलेको भ्रमणका बेला पनि त्यहाँ जाने चाहना व्यक्त गरेका थिए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बेइजिङबाट काठमाडौं नओर्लंदै दिल्लीले मोदीको नेपाल भ्रमणको मितिसहितको सन्देश पठाएको थियो। ज्ञवाली फर्केकै दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज बेइजिङ पुगेकी थिइन्। कान्तिपुर

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98