२०८३ वैशाख ८, मंगलबार
४:४०:५२ दिउँसो
- ADVERTISEMENT -

पराग पाठक नेपाली माटोसँग जोडिएका स्टार अर्थशास्त्री

प्रकाशित मिति: २०७५ वैशाख १०, सोमबार

3030
Shares

मैना धिताल/कान्तिपुर

काठमाडौँ — गएको शुक्रबार अमेरिकन एक्नमिक असोसिएशनले युवा अर्थशास्त्री डा. पराग पाठकलाई सम्मानित ‘जन् बेट्स क्लार्क मेडल–२०१८’ प्रदान गर्ने निर्णय गर्‍यो । यो खबर विश्वका युवा अर्थशास्त्रीका लागि खुसीको कुरा त थियो नै, नेपाली माटोसँग साइनो गाँसिएकाहरुका लागि त झनै गर्व गर्न लायक क्षण ।

यो खुशी साट्न कहिल्यै नभेटेका र चिनजान नभएका नेपालीहरुलेसमेत उनलाई फोन र अन्य माध्यमबाट बधाई दिने क्रम जारी छ। नहोस् पनि किन, नेपाली–अमेरिकनले पाएको सम्भवत: अहिलेसम्मकै उच्च सम्मान हो यो। ‘यतिधेरै शुभचिन्तक नेपालीहरु छन् भन्ने जान्न पाएकोमा निकै खुशी लागेको छ’, उनले इमेलमा भने, ‘यो अवार्डले नेपालमा पनि सकारात्मक सन्देश गएकोमा म गौरवान्वित छु।’

आर्थिक विचार र ज्ञान निर्माणमा योगदान पुर्‍याउने ४० वर्षमुनिका अर्थशास्त्रीलाई हरेक बर्ष यो अवार्ड प्रदान गरिन्छ। अनुसन्धानको माध्यमबाट बजार डिजाइन र शिक्षा नीतिसम्वन्धी क्षेत्रमा योगदान गरेबापत उक्त सम्मान दिइएको आयोजकले जनाएको छ। अर्थशास्त्र समुदायको ‘अत्याधिक मत पाएर’ मार्केट डिजाइनका विज्ञ उनी यो पुरस्कारको बिजेता बनेका हुन्।

बस्टनस्थित म्यासचुसेट्स इन्ष्टिच्युट अफ टेक्नलजीमा सुक्ष्म अर्थशास्त्रका प्राध्यापक ३७ बर्षे पाठक अहिलेका स्टार अर्थशास्त्री हुन्, जसलाई यो अवार्डले पनि पुष्टि गर्छ। क्लार्क मेडलसँगै पाठकको व्यावसायिक यात्रा नोवल पुरस्कारतर्फ लम्किसकेको छ। विगतमा यो क्लार्क मेडल पाउने अधिकांश अर्थशास्त्रीहरु नोवल पुरस्कारबाट सम्मानित भइसकेका छन्।
चिकित्सक बाबु डा. कमल पाठक र क्युलनरी आर्ट तथा होमसाइन्स विज्ञ (टेस्ट अफ नेपाल पुस्तकका लेखकसमेत) ज्योति पाण्डेय–पाठकका तीन सन्तानमध्येका कान्छा हुन् उनी। पाठक परिवार सन् ७० को दशकमा अमेरिका आएका हुन्। न्यूयोर्कको कोर्निङमा जन्मेका पाठकले त्यहीबाट हाइस्कूल सके। स्नातकदेखि पिएचडीसम्मको सबै अध्ययन हावर्ड युनिभर्सिटीबाट पुरा गरेका हुन्। पाठकले २७ बर्षको उमेरमा सन् २००७ मा बिजनेश एक्नमिक्समा पीचएडी गरे। उनको पिएचडी एड्भाइजर थिए, एल्भिन रथ, जसले सन् २०१२ मा नोवल पुरस्कार पाए। सन् २००८ देखि एमआईटी प्रवेश गरेका उनी दुई बर्षमै स्थायी (टेन्यूर) फ्याकल्टी भए। उनले गणित र तथ्यांकलाई सामाजिक अध्ययन र सार्वजनिक नीतिसँग जोडेर अनुसन्धान गर्दै आएका छन्।

पहिलोपटक अर्थशास्त्रसँग परिचित हुने मौका पाएदेखि नै आफु त्यसप्रति आकर्षित भएको उनले बताए। अर्थशास्त्रमै करिअर बनाउनुको कारणबारे उनले प्रष्ट्याए, ‘अर्थशास्त्र भनेको यस्तो शक्तिशाली क्षेत्र हो जसले अध्ययनका लागि गणित र तथ्यांक दुवैलाई प्रयोग गर्दै सामाजिक र सार्वजनिक नीतिसम्बन्धी महत्वपूर्ण मुद्दाहरुलाई सुधार्छ।’ अर्थशास्त्र पढ्ने र त्यसैमा करिअर बनाउने उनको इच्छामा परिवारको उतिकै साथ रह्यो। भन्छन्, ‘बाल्यअवस्थामै पुस्तकालय जानदेखि लिएर अर्थशास्त्रमा पीएचडी गर्ने मेरो निर्णयसम्म आइपुग्दा परिवारबाट ठूलो सहयोग रह्यो।’

करिअरको छोटो समयमै उनले दर्जनभन्दा बढी महत्वपूर्ण सम्मान तथा पुरस्कार पाइसकेका छन्। सन् २०१६ मा उनले सोसल च्वाइस एण्ड वेलफेयर प्राइज पाए। सोही बर्ष इक्नमेट्रिक सोसाइटीको फेलोको रुपमा पनि छानिए। यस्तै, सन् २०१४ मा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ४५ बर्षमुनिका विश्वका उत्कृष्ट २५ अर्थशास्त्रीको सुचिमा उनलाई पनि छानेको थियो। मार्केट डिजाइन र शिक्षासम्वन्धी योगदानको कदर गर्दै ह्वाइट हाउस अफिस अफ साइन्स एण्ड टेक्नलजी पलिसीले सन् २०१२ मा उनलाई प्रेजिडेन्सल अर्ली करिअर फर साइन्टिस्टस् एण्ड इन्जिनियर सम्मान प्रदान गरेको थियो। उनी एनबीइआर वर्किङ ग्रुप अन मार्केट डिजाइनका संस्थापक सहनिर्देशक र एमआईटीस्थित स्कुल इफेक्टीभनेस एण्ड इन्इक्वालिटी इनिसिएटिभ (एसईआईआई) का संस्थापक पनि हुन्। एसईआईआई शिक्षा, मानव पूँजी र आय वितरणमा केन्द्रित छ।

पाठकका तीन दर्जनभन्दा बढी अनुसन्धान तथा शोधमूलक लेखहरु क्वाटर्ली जर्नल अफ एक्नमिक्स, जर्नल अफ फाइनन्सल एक्नमिक्स, अमेरिकन एक्नमिक्स रिभ्युलगायत उत्कृष्ट जर्नलहरुमा छापिएका छन्। यस्तै, कार्यपत्र र आउने क्रममा रहेका शोधपत्रहरु झण्डै डेढ दर्जन छन्। अधिकांश अर्थशास्त्रीहरु सैद्धान्तिक वा व्यवहारिक (अवलकोन/परीक्षण) विधि वा दुवैमा केन्द्रित रहेर अध्ययन अनुसन्धान गर्छन् र नीतिगत सुझाव दिन्छन्। तर, अर्थशास्त्री पाठक ती दुवै विधिलाई मिलाएर अनुसन्धान गर्ने र महत्वपूर्ण सार्वजनिक नीतिका बिषयमा सुझावमात्रै दिंदैनन्, वास्तविक संसारमा प्रयोग गर्न मिल्ने गरी संयन्त्र नै बनाउँछन्। जुन थोरै अर्थशास्त्रीले मात्रै गर्छन्। यही विशेषताले उनलाई अर्थशास्त्रको दुनियाँमा अब्बल बनायो, उनको कामलाई नजिकबाट नियाल्ने अन्य अर्थशास्त्रीहरुको बुझाई हो यो।
उनको हाइस्कुल शिक्षा सुधार सम्बन्धी अनुसन्धानहरुले विद्यालयको सही छनोटले विद्यार्थीको कार्यसम्पादनमा सुधार ल्याउन सकिने सुझाव दिन्छ। सोही सुझावका आधारमा ‘बस्टन स्कुल कमिटी’ ले विद्यार्थी भर्नासम्वन्धी नयाँ संयन्त्र अपनाएको छ। अर्थशास्त्रको जटिल ‘गेम थिअरी’ मा आधारित यो प्रणालीले विद्यार्थीहरुलाई आफ्नै मूल्याङ्कन अनुसार कुन विद्यालयमा पढ्न ठिक भन्ने बिषयमा सिधा निर्णय लिन मद्दत गर्छ। इन्ष्टिच्युट फर इनोभेसन इन पब्लिक स्कुल च्वाइसको वैज्ञानिक सल्लाहकार समितिका सदस्यसमेत रहेका उनले सिकागो, डेनवर, न्युवर्क, न्युओर्लिन्ज, न्यूयोर्क र वासिङ्गटन डिसीका विद्यालय छनोट प्रणालीसम्वन्धी डिजाइनमा पनि मद्दत गरेका छन्।

‘पराग पाठकको अनुसन्धानले सार्वजनिक विद्यालयका विद्यार्थीको भर्नामा महत्वपूर्ण सुधार ल्याएको छ’, उनलाई अवार्ड प्रदान गर्नुको कारणबारे खुलाउदै असोसिएसनले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ, ‘उनले माध्यमिक तहको शिक्षा सुधारका लागि डिजाइन गरिएका विभिन्न नीतिहरुको विश्वासिलो ढंगले विश्लेषण गरेका छन्। नविन र परिस्कृत रुपमा व्यवहारिक र सैद्धान्तिक विधिहरु प्रयोग गर्दै उनले नीतिगत सुझावहरु दिएका छन् जसले सार्वजनिक विद्यालयका १० लाखभन्दा बढी विद्यार्थीको जीवनमा पहिल्यै परिवर्तन ल्याइसकेको छ।’

उनलाई सबैभन्दा बढी मन परेको आफ्नो काम पनि यही हो। यो परियोजना व्यवहारिक रुपमा देखिने समस्याहरुबाट प्रेरित भएर सञ्चालनमा आएको उनी बताउँछन्। यो सार्वजनिक क्षेत्रका लागि महत्वपूर्ण पाठ सिकाई भएको पनि उनको अनुभव छ।

आफ्नो अनुसन्धान र कामहरु नेपालसम्वन्धित नभए पनि नेपालबारे जान्ने इच्छा राख्छन् उनी। नेपालजस्ता अति कम विकसित मुलुकहरुले आफ्नो कमजोर आर्थिक अवस्थामा कसरी सुधार ल्याउन सक्छन् भन्ने प्रश्नमा प्राध्यापक पाठक आफ्नो अर्थशास्त्रीय दृष्टिकोण दिन्छन्, ‘अर्थशास्त्रमा शिक्षाको महत्व सम्बन्धी थुप्रै प्रमाणहरु हामीसँग उपलब्ध छन्। आर्थिक वृद्धिका लागि मानव पूँजी ठूलो कुरा हो। त्यसैले नेपाल जस्तो मुलुकको आर्थिक विकासका लागि शिक्षाको प्रवर्द्धन र पहुँच विस्तार महत्वपूर्ण हुन्छ।’

अर्थशास्त्रलाई प्रयोग गर्दै शिक्षा र असमानतासम्बन्धी अध्ययन अनुसन्धानमा प्रगति गरिरहेकाले अल्पकालिन र मध्यकालिन रुपमा सोही कामलाई निरन्तरता दिने उनले बताए। उनको शैक्षिक र व्यावसायिक सफलता थुप्रै युवाहरुका लागि प्रेरणाका स्रोत हुन सक्छन्। चाहे अर्थशास्त्र होस् वा विज्ञान, साहित्य वा अरु कुनै क्षेत्र। सफलताका लागि युवाहरुले आफ्नो जोश र जुनुनलाई कायम राख्न प्रोत्साहित गर्छन्, उनी।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81