- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पदाधिकारी नियुक्तिको तयारीमा देउवा

April 22, 2018
1705
Shares
- ADVERTISEMENT -

 नेपाली काँग्रेस केन्द्रीय समिति बैठक 

काठमाडाै – निर्वाचन समीक्षा र समसामयिक राजनीतिबारे धारणा बनाउन चैत्र १६ गते देखि स्थगित भई पुन बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा रिक्त पदाधिकारी नियुक्तिको प्रस्ताव गर्ने तयारी गरिएको । पार्टी सभापति शेरबहादुर देउवाले आज बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार पार्टी कार्यालय सानेपामा बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यसूची रहेको जानकारी दिए । पौडेलका अनुसार, केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव राख्ने सम्भावना छ ।

कांग्रेसको विधानमा निर्वाचित केन्द्रीय सदस्यहरुमध्येबाट १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री सभापतिले मनोनित गर्ने प्रावधान छ । २ महिनाभित्र पार्टी सभापतिले पदाधिकारी मनोनित गर्नुपर्ने भए पनि देउवाले २ वर्ष गुज्रिनै लाग्दासमेत गरेका छैनन् । नेतृत्वको सुस्त कार्यशैलीको पार्टीभित्र चर्को आलोचना भइरहेका बेला देउवाले मनोनयनको तयारी गरेका हुन् । तथापि उनले पदाधिकारी मनोनयन सहमतिमा हुनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले माग गरे पनि कुनै छलफल गरेका छैनन् ।

कांग्रेस स्रोतका अनुसार, उपसभापतिमा विमलेन्द्र निधि मनोनित हुने सम्भावना छ । यद्यपि, यसमा गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदारले पनि दाबी गरेका छन् । महामन्त्रीमा पूर्णबहादुर खड्का र ज्ञानेन्द्र बहादुर कार्की र सहमहामन्त्रीमा डा. प्रकाशशरण महत र बालकृष्ण खाँडको चर्चा रहेको छ। पौडेल समूहले भने अाफूहरुले सहमहामन्त्री पाउनु पर्ने जिकिर गर्दै अाइरहेका छन ।

निर्वाचन समीक्षा र समसामयिक राजनीतिबारे धारणा तय गर्न गत चैत ९ गतेबाट कांग्रेसको केन्द्रीय समिति बैठक शुरु भएको थियो । बैठककै क्रममा चैत १६ गते पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको निधन भएपछि बैठक स्थगित गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com