- ADVERTISEMENT -

राज्यको अाडमा व्यवसायी तर्साउदै वाइसीएल (विज्ञप्ती सहित)

April 22, 2018
2234
Shares
- ADVERTISEMENT -

काठमाडौ- सरकारले यातायात क्षेत्रको सिण्डिकेट ताेड्ने र व्यवसायीले त्यस विरुद्व अान्दाेलन गर्ने बताइरहेकाे बेला वाइसीएलले अान्दाेलनको प्रतिराेध गर्ने चेतावनी दिएको छ।

नेकपा माअाेवादी केन्द्र समर्थित युवा संगठन याेग कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले शनिवार एक विज्ञप्ती जारी गरि यस्ताे चेतावनी सहितकाे प्रतिकार गर्ने बताएको हो । माअाेवादी केन्द्रका नेता राम बहादुर थापा अाफै गृहमन्त्री छन भने उनको पार्टीको युवा समूहले भने अान्दाेलनकारी यातायात व्यवसायी विरुद्व  प्रतिकार गर्ने उत्रनुले वाइसीएल राज्य संयन्त्र प्रयाेग गरेर यातायात व्यसायीलाई तर्साउन खाेजेको अारोप यातायात व्यवसायीले लगाएका छन ।

- ADVERTISEMENT -

Advertisement

वाइसीएलको विज्ञप्तीमा भनिएको छ, यातायात व्यवसायी संगठनको नाममा चरणबद्ध आन्दोलन घोषणा भएको र यसले जनजीवनमा असुविधा, अस्तव्यस्तताको सृजना गर्दै आएको भन्दै वाइसीएलको ‘गैर–भूगोल’ प्रदेश (प्रदेश नं १) समितिले खबरदारी गरेको छ । तर वाइसीएलले जनयुद्वताकै जस्ताे रवैया शैलीमा धम्की दिनु प्रजातन्त्रिक पद्वति विपरित भएकाे ती व्यवसायीको अाराे छ ।

यसको मार सर्वसधारणलाई नै पर्ने निश्चित छ । तर सरकारले सार्वजनिक यातायात क्षेत्रको सिन्डकेट खारेज गर्ने गरेको निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका यातायात व्यवसायीलाई नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलले ठाडो चेतावनी दिएर माहौल अझ तात्ने देखिएको छ ।  विज्ञप्ती जारी गर्दै उसले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता नलिए यसको विरुद्ध सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएको हो । 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -