२०८२ चैत २९, आइतबार
७:५२:०१ बेलुका
- ADVERTISEMENT -

प्रदेशिको कथा हरेक बर्ष नयाँ बर्ष।नयाँ बर्ष २०७५ को सबैलाई शुभ कामना ।

प्रकाशित मिति: २०७५ वैशाख १, शनिबार

2576
Shares

       आँखामा साउन,मनमा सुनामी मस्तिस्कमा आँधिबेहेरी लिएर प्रकाशको गतिमा हुँईकिरहेका हामी प्रदेशी पर देशको गुलाम गर्दै र पसिना बेचिरहेको मानव।

    बैदेशिक रोजगारलाई एक बाध्यात्मक परिस्थितिको रुपमा लिइएता पनि यो एउटा भड्किलो खर्चालु र महत्त्वाकांक्षी  जीवनशैलीले उत्पादन गरेको आवश्यकता रहर पनि हो।समय र टेक्नोलोजिको बिकासक्रम संगै सन्सार सागुरिदै गैरहेको बेला नेपाली युवा मन र मस्तिष्कमा सन्सारलाई नजिकै बाट नियाल्ने रहर जाग्नु अस्वाभाविक  होइन।

     हाम्रो सामाजिक  बनावट ,भौगोलिक स्थिति ,राज्नितिक अवस्था ,परम्परा, सस्कृती,रितिरिवाज, चाडपर्व आदि सबै हामिलाई आर्थिक  भार थप्न र अधिक आम्दानिको विकल्प खोज्न बाध्य पार्ने कारणहरु हुन।अर्को प्रमुख कारण  भनेको हाम्रो शिक्षा र यस्को फितलो ब्यबहारिक नीति हो।

    कि पढेर जानिन्छ कि परेर भन्छन तर नेपालमा धेरैजसो युवाहरु पढेर बिग्रेका हुन कि जस्तो पनि देखिन्छ।त्यो कसरी भने एउटा ब्यक्ति  बच्चादेखि १८/२० बर्षको भइन्जेल पढ्ने काममा ब्यस्त हुन्छ।अन्य इलम,सीप र क्षमताबिकास गर्ने ध्यान र फुर्सद नै हुदैन।पढुन्जेल आमाबाबु र परिवारले उसमाथी आशाको खेती  र सके जति सहयोग गरिनै राखेका हुन्छन।साधारणतया हाम्रो समाजमा छोराछोरी बिध्यालय वा बिश्वबिद्धालय  जान्छन भनेपछी मक्ख पर्ने धेरै छौ।बिध्यालयमा त ब्यबहारिक शिक्षा  छदैछैन तर यसको बिरोध गर्न अबिभाबक हरुले पनि आफ्नो घरमा शिशुहरुलाई ब्यबहारिकताको पाठ सिकाएको कम पाइन्छ।अनि पढाइ संगै  सिक्दै गएका विभिन्न आनिबानी र संगतका फलहरुको उपज, बास्तबिक्तामा भोग्दै गरेका बेरोजगारी र निराशाहरु बोक्दै गर्दा पासपोर्टको फारम भर्नु नै ठुलो  निर्णय  जस्तो लाग्छ।

      हाम्रो समाज पनि विचित्रकै छ,कसैले एउटा  नयाँ कुनै आविस्कार  गर्न चाहान्छु वा आफ्नै भुमिमा पसिना बगाएर कोसिस गर्न चाहन्छु भन्यो भने पत्याइदैन तर दुबई ,साउदी कतार ,मलेसिया का भिसा आउदैछ भनेपछी पैसाले रोकिदैन,पैसाको महत्त्व  राखे हाम्रो आफन्तहरुले नै हामी माथी ब्यापार  गरिरहेका हुन्छन।त्यसैले हामी र हाम्रा चेलिहरुलाई बेच्ने पनि हाम्रै आफन्तहरुनै हुन।हामी पनि त कति सोझा, आफैलाइ आफ्नै पैसाले बेच्छौ अनि रगत र आसुपसिना चुहाएर निखन्ने प्रयास गर्छौ।कोहि सफल हुन्छन त खुशी  हुन्छन, कोहि असफ्ल र धेरै दुखी पनि। जेहोस बेच्ने र बेचिने क्रम बढी नै रहेको छ।

    खाडिको श्रमिक बजारमा आफू बिकेको खुशियालिमा कुखुराको भाले चपाउदै साथिभाइहरुसङग बसेर रमाइलो पनि गरिन्छ।परिवार  र इस्टमित्र हरुमा आशा अनि भरोसाको टुसाे ह्वात्तै बढी पनि हाल्छ । अब मनमा तरङ्गित इच्छाहरु पुरा हुने फुरुङ्ग हाम्रो मन हवाइजहाज सङ्गै उच्चाइमा त पुग्छ तर जब जमिन छोडेर हिमाल माथी पुग्छ अनि चिसिएर बरफ जस्तै हुन थाल्छ। बादलभित्रै आफ्नो दिमाग  पनि मडारिदै गर्छ, अनि सुरु हुन्छ घरपरिवार ,इस्टमित्र,साथिभाई, देश र देबिदेबता हरुको महत्व र याद हरु।   स-साना ताल र पोखरी बाहेक केही नदेखेका हामी समुन्द्र माथी उडिरहन पाउनु गजबकै कुरो हो।पहाडको उकालो-ओरालो गर्दा-गर्दै दिक्क हामी समतल भुभाग देख्दा मक्ख पर्छौ नै।हाम्रो अँखा त्यतिबेला खुल्छ जब एअरपोर्ट देखि बाहिर निस्कन्छौ, तातो हावाले स्पर्श गर्ने बित्तिकै महसुस हुन थाल्छ कि किन नेपाल आमालाई “स्वर्ग” उपमा दिइएको रहेछ।

    स्वाभिमानी नेपाली भन्ने कुरामा विस्वास राख्ने हामीलाई एअरपोर्ट  देखि कम्पनी सम्म पुगुन्जेल थाहा भैहाल्छ कि हाम्रो स्वाभिमान कसरी विकिरहेको छ।आफ्नो पोशाक र गासबासको बस्तुस्थिती बुझिसकेपछी आमाको याद्ले सताउन थाल्छ। तरकारी मिठो नभएर छोडेको थालभरिको भातले साच्चिकै सरापेको हो कि झैँ  लाग्छ।धेरै जनाको बिचमा सुत्नुपर्ने बाध्यता थाहा भएपछी लाग्न थाल्छ चुहुने  छानो भएको माटोले लिपेर गोर्खापत्रले सिङ्गारेको नै भएपनी शान्त घरको महसुस  गराउने आफ्नै कोठा थियो ।निन्द्रा लाग्दैन,सपनामा साहुले घरखेत खाएका,रित्तै फर्किदा साथिभाइ र गाउले हरुले धिक्कारेको अनि प्रियाले पनि छाडेर गएको मात्र देख्न थालेपछी बाध्य भएर काममा जोतिनु बाहेक अरु उपाय छैन।

    अब अलि ब्यबहारिक र हिसाबकिताब राख्ने हुन थालिन्छ तर आम्दानी र खर्च सबै हिसाब गर्दा सुन्ने लाग्ने देखिएपछी प्लस-माइनस गर्न पनि मन लाग्दैन , तनाब बढेर आउँछ अनि सबै तनाबै तनाब भएकाहरु जम्मा भएर उत्सब जस्तो मनाउदा जस्तो रमाइलो र आनन्द अरु के मा ….

    समय अगाडी  बढीरहेको छ,जीवन चलिरहेको छ बर्सौ बितेको पत्तो हुदैन तर आफ्नो दिनचर्या भने सधैं  उहीँ हो, आँखा मिच्दै उठ ,ड्युटि गरेर आउ,खाना खाउ अनि सुत यो सबै बाहेक केही मात्र फुर्सद हुने गर्छ त्यस फुर्सद्ले कसैलाइ करोडपती नामि बनाएको छ भने कोहिलाइ बदनाम र मृत्यु सम्म पनि पुर्याएको छ।

     सानै देखि लागेको बानी अलग कुरा हो त्यो पनि सुधार्न सकिन्छ।तर एकदम शान्त, सुशील,इमान्दार र आज्ञाकारी ब्यक्ति पनि बिदेश आएपछी फुकुवा वा छाडा छाडिएका  साढे जस्तो भएको देख्दा दिक्क पनि लाग्छ।तनाबका कारणले भनु त्यस्ता कृयाकलापले तनाब घटाउनुको सट्टा  बढाउदै जान्छ।सायद यो घरमा या बिध्यालयमा अबिभाबक तथा गुरुहरुले हुकुमी शासन जस्तो आदेश र पालन मात्र सिकाए ब्यबहारिकता,वास्तबिकता र आत्मनिर्भरता नसिकाएकै कारणले होला।

      बाध्यात्मक आपतकालिन भैपरी आउने कुरालाई त कसैले तार्न सक्दैन तर साबधानी भन्ने कुरा जहिले पनि अपनाउनु पर्छ।खाडि मुलिकमा अहिले सम्म रेकर्ड  हेर्ने हो भने आफ्नै लापारबाही,अज्ञानता र अतेरी स्वभाबका कारण थुप्रै अपृय घटना हरु घटने गरेको पाइन्छ।हामी मध्य धेरै जसो नेपाली हरु मदिरा सेवन गर्दछौ।हामिमात्र होइन सन्सारका धेरै मानिसहरु धूम्रपान  र मध्यपान गर्छन तर यसको  अत्यधिक सेवन र गुणस्तर कमिको कारण हामिले धेरैलाइ गुमाइसकेका छौं  र धेरैले जागिर र परिवार, साथिभाई।अत्याधिक गर्मीमा काम गरि एक्कासी a\c को चिसो कोठामा पस्दा शरिरमा प्रतिकुल असर पर्दछ त्यसमाथी पानी कम पिउने,स्वच्छ र नियमित आहारबिहारमा ध्यान नदिने र अबैधानिक रुप्मा बिक्रीवितरण  हुने पिउन अयोग्य मादक पदार्थको अत्याधिक  सेवन गर्ने बानिले  गर्दा नै यी माथिका समस्याहरु उब्जिने गरेको पाइन्छ।

      धेरै बर्ष बितिसकेको हुन्छ हामी सम्पन्नशाली भएको भए किन यस्तो परिस्थिती सहनु पर्थ्यो।आफ्नो आवश्यकता  वा बाध्यता जे भनेपनी उसतै कुरा हो पैसा वा आर्थिक उन्नती। रेमिट्यान्सले पुरै देशका अर्थतन्त्र धानेको छ पनि भनिन्छ तर हामी  बिगतलाइ बिर्सेर आफ्ना र परिवार का सपना हरुलाई कुल्चिएर रगत पसिना एक गरि महिना भरी काम गरेर कमाएको रकमलाई कतै गलत ठाउमा फ्याकिरहेका त छैनौ? शंका छ, किनकी बिदेशमा श्रम गर्ने श्रमिक हरुले कमाएको सबै पसिनाको मुल्यलाई फजुलमा खर्छ नगरी सबै नेपाल भित्र्याउन सक्ने हो भने १० बर्षमा नेपाल कस्तो होला? यदि हाम्रो अनुमान सहि हो भने किन हामी महङ्गा बिलाशिताका शाधन प्रती आकर्शीत हुने, अनि मनोरञ्जन ल्को नाउमा पैसाको माला अरुलाइ किन पहिराउने?                                  बिदेश मा हाम्रो दशौ बर्ष बित्छ,बिच्बिच्मा छुत्ती आइन्छ त्यसै बिचमा बिहे पनि हुन्छ,सुहाग रातकै भोलिपल्ट  बिदा हुनुपर्ने ब्सध्यता पनि खेपिन्छ।परिवार सङ्गै बस्ने, दु:ख-शुख सङ्गै सात्न पाउनेहरु नै दुनियामा सबै भन्दा भाग्यमानी जस्तो लाग्छ। तर के गर्ने हामी  मध्य  कति त आफुलाइ जन्म दिने बाबुआमा को अन्तिम अवस्थामा मुख्मा पानी हाल्नु त परै जाओस बर्ष दिनको  पिंनड दिने बएलामा पनि बल्ल-बल्ल पउगिन्छ।यो कस्तो जिन्दगी  हो प्रदेशिको? यो कअस्तो पापको सजाय  हो कुन्नी? कति साथिहरुका त पियारिले पनि चतक्कै माया मारिदिन्छन, किन कि उनिहरुको पर्खाइको पिडाले सिमा नाघ्छ।

      सोचिन्छ नेपाल त्यस्तै होला १०बर्ष अघि हामिले छाडेको जस्तो, त्यही भाउको नुन तेल, चिनी अनि त्यही भाउको बसभाडा ….हाहाहा काहाली लाग्दो महङ्गी अनि टाठाबाठा भनौदा आफन्तहरु फेरि हामि माथि ब्यापार  गर्ने जमर्को गर्दछ्न। घरघडेरि देखाउने,व्यापार ब्यवसाय सिकाउने, ऋण माग्ने,सहयोग माग्ने अनि कोशेलिको आशा गर्ने, सबैको चित्त बुझाउदा-बुझाउदै हाम रित्तिदै जान्छौं ।

      समय बितिसकेको  हुन्छ,सबै परिवार हामी मा नै आशृत हुन्छन।हामी श्रीमती हरुलाई सिप्मुलक काममा लागाउने कुरामा ध्यान दिदैनौ। हाम्रो टेलीफोन मार्फतको लोकाचारे मायाले उनिहरुलाई अल्छी बनाईदिन्छ, उनिहरुले आशा गरे जति पुर्याउन सकिदैन अनि फेरि के के……समाज पनि अचम्मै तरिकाले  बिकसित हुँदै छ,के भन्ने? गाउमा  बस्नेले  शहर बाट  गोलभेडा र खुर्सानी  किनेर खान थालिसके,खेतिपाती गर्नेकुरा, बाछापाडि हुर्काउने कुरा कस्ले सोच्ने अब? बरु हिन्दी च्यानल  र सिरियलको पुजा गर्दा अनि पार्टी र भोजमा सरिक हुँदा हुँदा  फुर्सद नहुने भैसकेछ।

      यी सबै झेल्दा झेल्दै  बुढेेसकाल लाग्छ।छोरिको बिहे गर्दा अलि अलि भएको पनि सिद्धिन्छ।पढाई लेखाइ नहुदा पनि केटा नपाउने टेन्सन, धेरै  जान्ने भएपनी डाक्टर इन्जिनियर  बनाउनलाई लाग्ने खर्छ यो खाडिमा जिन्दगी  भर जोतिएता पनि जम्मा हुदैन।अनि बाध्य भएर अरुलाइ सुम्पिनु पर्ने हुन्छ। जीवन त्यसै सकिन लाग्छ न भत्ता न पेन्सन ,पहिले-पहिले खानपिनमा त्यति  ध्यान नदिएकाले पलाएका रोगहरुको सामना गर्दै फेरि नेपाल गएर थन्किनु पर्ने अवस्था आउँछ, त्यतिखेर फेरि छोराले पासपोर्ट निकाल्ने निर्णय गरिसकेको हुन्छ…..प्रदेशी जीवन।

   र अन्तमा सबैमा २०७५ सालको शुभकामना।                  ओम पाण्डे(साउदी   अरब)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16