२०८२ चैत २९, आइतबार
७:०७:२८ बेलुका
- ADVERTISEMENT -

प्रधानमन्त्रीको भारत भ्रमणले अबैध भारुको तस्करी बढ्यो

प्रकाशित मिति: २०७४ चैत २९, बिहीबार

1786
Shares

   काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीदेखि नै नेपालमा अबैध भारतीय रुपैयाँको तस्करी एकाएक बढेको पाईएको छ।

काठमाडौं प्रहरी परिसरले बुधबार साँझ लाजिम्पाटबाट बरामद गरेको ४९ लाख भारुको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार नेपालमा रहेका पाँच सय  र एक हजार दरका पुराना भारतीय नोटहरु साँटिन सक्ने आशामा नेपालमा ती नोटको तस्करी बढेको हो।

भारतमा माेदी सरकारले गत वर्ष एक हजार र पाँच सयका नोटहरु हटाएपनि नेपालमा त्यतिबेला रहेका पाँच सय र एक हजार दरका ती नोटहरु भारतीय सरकारले लिएको छैन। नेपालमा त्यतिबेला एक हजार र पाँच सय दरका कति भारतिय नोटहरु थिए भन्ने सम्बन्धमा समेत सरकारको तथ्या‌ंक यकिन छैन।

यस्तो अवस्थामा भारतमा कालो धनबाट कमाएर जम्मा पाएका त्यस्ता नोटहरु नेपालबाट साटिन सक्ने सम्भावनामा नेपाल र भारतका ब्यवशायीहरु तस्करीमा रहेको प्रहरी अनुसन्धानले भन्छ।  गत साता प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेपछि नेपालमा रहेका भारतीय नोटहरु साँट्ने विषयमा छलफल र सहमती हुन सक्ने सम्भावनापछि नेपालमा ती नोटहरु करडौंको मात्रामा जम्मा भएको प्रहरी बताउँछन्। केही महिना अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले पाँच सय र एक हजार दरका नोटहरु करडौंको मात्रामा बरामद भएको थियो।

यी भारतीय नोटहरु नेपाली ब्यापारी लगायतले साँटिन सक्ने आशामा सस्तो मुल्यमा किन्ने गरेको पाईएको छ। प्रहरीका अनुसार एक हजार दरको भारतीय नोटका लागि चार सय ५० देखी पाँच सय ५० नेपाली रुपैयाँसम्म दिइने गरेको छ। माेदी सरकारले अबैध तरिकाले कमाएको  सम्पतीलाई अर्थहिन बनाउन गत वर्ष एक हजार र पाँच सयका पुराना नोटहरु हटाएर दुई हजार दरका नोटहरु बजारमा ल्याएका थिए।

त्यतिबेला वैद तरिकाले आर्जन गरिएका सम्पतीका रुपमा रहेका पाँच र एक हजारका नोटहरु भारत सरकारले साँटि दिएको थियो। तर नेपालमा रहेका त्यस्ता नोटहरुबारे भारत सरकारले कुनै प्रतिक्रिया जनाएको छैन।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16