१६ वैशाख, पोखरा । कांग्रेसले प्रदेश ४ को संसदीय दलको नेता चुनेको छ । सांसद कृष्णचन्द्र नेपाली संसदीय दलको नेता बनेका हुन् ।
लामो समयको कसरतपछि कांग्रेसले दलको नेता चयन गरेको हो । दलको बैठकले प्रमुख सचेतकमा मणिभद्र शर्मा कँडेल र सचेतकमा ओमकला गौतमलाई चयन गरेको छ ।
दलको उपनेता मेखलाल श्रेष्ठ, सचिव ललितकला गुरुङ र कोषाध्यक्ष सरीता गुरुङ सर्वसम्मत चयन भएका छन् ।
दलको नेतामा चयन भएपछि प्रतिक्रिया दिँदै नेपालीले सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । प्रदेश संसद र सरकार अभ्यासकै क्रममा रहेकाले रचनात्मक सुझावका साथ आफूहरू अघि बढ्ने भनाइ उनको थियो ।
अनलाइन खबर