२०८३ वैशाख ६, आइतबार
१०:४६:०२ राति
- ADVERTISEMENT -

माअाेवादी बालहढका कारण भीमसेन गाउँपालिका केन्द्र अझै अन्याेलमा

प्रकाशित मिति: २०७५ वैशाख १५, शनिबार

4086
Shares
असन्तुष्ट समूहले जलाएको चामुण्डा प्राविको अस्थायी भवन । भीमसेन गाउँपालिकाको कार्यलय यही भवनमा सार्ने निर्णय बैशाख १४ गते को बैठकले गरको थियो । फोटो :फेसबुक

काठमाडाैं-माअोवादी केन्द्रको जिद्दीले गर्दा  गाेरखाको भीमसेन गाउँपालिकाको केन्द्र विवाद पेचिलाे बन्दै गएकाे छ। केन्द्र विवादका कारण भीमसेन गाउँपालिकाको  विकास योजनाको २८ करोड फ्रिज हुने सम्भावना बढेको छ ।

भीनसेन गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले  गोरखा तथा काठमाडाै‌ंका नेतासँग पटक पटक छलफल गरि विकल्प दिदा पनि माअाेवादीले बैठकमा हुन्छ भन्ने तर सहमति पालन नगर्ने गरेको बताएका छन ।

गत म‌ंसीरमा बसेको कार्यपालिकाको बैठकले बगुवा केन्द्रलाई ध्याम्पेसाल सार्ने निर्णय गरेको थियाे । कानूनतः दुई तिहाई बहुमतको निर्णयका आधारमा गाउँपालिकाको केन्द्र परिवर्तन गर्न सकिन्छ । पाण्डेका अनुसार दुई तिहाइ भन्दा बढी सदस्य संख्याले केन्द्र सार्ने निर्णय गरेको हो । तर, माअाेवादी बहुमतको निर्णय मान्न तयार छैन ।  माअाेवादीहरु यस विषयमा बालहढ देखाइरहेकाे कार्यपालिकाका एक सदस्यले बताएका छन ।   कार्यपालिकामा  १६ मध्ये १३ नेपाली काँग्रेस र ३ माअाेवादी केन्द्रका सदस्य रहेका छन ।

केन्द्र सार्ने बेला भएको झडपमा  माअाेवादीका कार्यकर्ताले काँग्रेसका तीनजना कार्यकर्तालाई अाक्रमण गरि घाइते समेत बनाएका थिए ।

गाउँपालिका अध्यक्ष पाण्डेका अनुसार अाफूले  पछिल्लो समय लचकता देखाउदै नयाँ स्थानमा केन्द्र राख्न भनि पिपलडाडा र खान्चाेक मध्ये एक ठाउँमा  प्रस्ताव गरेकाे थिए । १४ बैशाखको बैठकले खान्चोकमा  केन्द्र राखेर जनताको काम गराै र विस्तारै खान्चोकलाई नै केन्द्र बनाउ भन्ने प्रस्ताव राखि बैठकबाट सहमतिमा निर्णय गरेको उनले बताए ।

तर त्यसै दिन केही असन्तुष्ट व्यक्तिले स्कूलमा नै अागो लगाइिदएको स्थानीयको भनाई छ । हाल सम्म चामुण्डा स्कूलमा कसले अागो लगाएको भन्ने पत्ता लगाउन नसकेको पाण्डेले जानकारी दिए ।  केन्द्र विवादले सार्वजिनक सम्पतिको समेत नास भयाे ।

माअाेवादी केन्द्रका साथीहरुलाइ बहुमतले गरेको निर्णय नमान्ने भन्दै बैठकमा नअाउने र सहमतिको पनि पालना नगरेको पाण्डेको भनाई छ । अाठ वटा वडा रहेकाे भीमसेन गाउँपालिकामा ५ वटा वडामा काँग्रेसले जितेको छ भने तीन वटा वडा मात्र माअाेवादी केन्द्रले जितेको छ ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98