Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:०५ दिउँसो
- ADVERTISEMENT -

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

प्रकाशित मिति: २०७५ वैशाख १५, शनिबार

1447
Shares

भैरहवा : शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६२ औँ बौद्ध जयन्तीको पुर्व सन्ध्यामा सुरु भएको बौद्ध सम्मेलनको व्यवस्थापन लथालिङ्ग रहेको छ । लुम्बिनी विकास कोषद्धारा आयोजित बौद्ध सम्मेलनमा अतिथीहरुलाई बस्नका लागि कोषले प्रयाप्त कुर्सी, सम्पर्क व्यक्ति लगायतको राम्रो व्यवस्थापन नगर्दा बौद्ध सम्मेलनको व्यवस्थापन लथालिङ्ग भएको हाे।

बौद्ध सम्मेलनका आमन्त्रित अतिथीहरु बस्नका लागि कुर्सी समेत नहुदाँ उनीहरु भुईमा बस्न बाध्य भएका छन् । समाचार संकलनका लागि सम्मेलनमा पुगेका पत्रकारहरु समेत अन्यौलमा परेका छन् । उनीहरुलाई सम्मेलन जारी रहेको हलमा बस्ने व्यवस्था समेत गरिएको छैन । 

सम्मेलनको उद्घाटन सस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्री रविन्द्र अधिकारीले गरेका छन् । यस्तै बौद्ध सम्मेलनमा विभिन्न १५ वटा मुलुकको संस्कृति मन्त्रीहरु आउने कोषले जनाएपनि सम्मेलनमा कुनै मुलुकको मन्त्री पनि सहभागी भएका छैनन् ।

जारी सम्मेलनमा कोषले अधिकांश लुम्बिनीमा रहेका विभिन्न बौद्ध बिहारहरुमा रहेको भिक्षुहरुलाई कार्यक्रममा सहभागी सम्मेलनलाई थप लथालिङ्ग बनाएको स्थानिय सहभागीहरुले बताएका छन् ।

सम्मेलनमा मुख्यवक्ता दुरहाम युनिभरसिटीका प्राध्यापक रविन कनिंघमले आफ्नो कार्यपत्र प्रस्तुत गरेका छन् । बौद्ध सम्मेलनमा बौद्धसगँ सम्बन्धित ३१ जनाले विभिन्न उपशिर्षकहरुमा कार्यपत्र प्रस्तुत गर्ने कोषले जनाएको छ । सदस्य सचिव सरोज भट्टराईले १६ जना राष्ट्रिय र १५ अन्तराष्ट्रिय गरी ३१ जनाले विभिन्न उपशीर्षकहरुमा बौद्ध सम्मेलनमा बौद्धसगँ सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने छन् ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका बौद्ध धर्म, दर्शन, संस्कृति तथा सम्पदा सम्बन्धित प्राज्ञिक व्यक्तित्व अनुसन्धानदाताहरु विभिन्न उपर्शिषकहरुमा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलन पश्चात प्रस्तुत कार्यपत्रहरुको निश्कर्षको रुपमा १६ गते आईतबार लुम्बिनी सम्मेलन घोषणा पत्र २०१८ जारी हुने उनले बताए ।

यस वर्षको सम्मेलन र बुद्ध जयन्तीको ‘लुम्बिनी, नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमी तथा विश्व शान्तिको मुहान’ मुल नारा रहेको छ । अन्नपूर्ण अनलाइन

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -